काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलका मालिक टिम कुकले अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा सहयोगीलाई मास्क तथा फेस सिल्ड उपलब्ध गराउने भएका छन् । त्यसका लागि उनले आफ्ना विभिन्न सप्लायर्समार्फत हालसम्म कुल दुई करोड मास्क संकलन भइसकेको उल्लेख गरिएको छ ।
‘हालसम्म हामीले कुल २० मिलियन मास्क संकलन गरिसकेका छौं,’ कुकले भनेका छन्, ‘उक्त माक्स अस्पतालमा हाम्रा लागि काम गर्ने डाक्टर तथा नर्स र उनीहरुका सहयोगीका लागि उपलब्ध गराइने छ ।’ यसका साथै उनले डाक्टरहरुका लागि आवश्यक पर्ने ‘फेस सिल्ड’ समेत उत्पादन गरेर प्रदान गर्ने जनाएका छन् ।
Apple is dedicated to supporting the worldwide response to COVID-19. We’ve now sourced over 20M masks through our supply chain. Our design, engineering, operations and packaging teams are also working with suppliers to design, produce and ship face shields for medical workers. pic.twitter.com/3xRqNgMThX
— Tim Cook (@tim_cook) April 5, 2020
त्यसका लागि एप्पलका डिजाइन, इन्जिनियर, अप्रेसन र प्याकेजिङ टिम हाल विभिन्न सप्लायर्ससँग डिजाइन बनाउन र त्यसको उत्पादनका लागि काम गरिरहेको उनले बताएका छन् ।
यसका लागि विभिन्न विज्ञ तथा डाक्टरबाट आवश्यक सुझाव समेत लिइएको उनले बताएका छन् । उक्त फेस सिल्ड एउटा प्याकमा सय वटाका दरले उपलब्ध हुने उल्लेख गरिएको छ ।
यसको उत्पादन अमेरिका र चीनमा हुनेछ । यसै हप्ताभीत्र करीब एक करोड मास्क उत्पादन गरी पठाइनेछ भने, आगामी हप्ताबाट सातामा एक करोड भन्दाबढी उत्पादन गरेर अस्पतालहरुमा पठाइने उनले बताएका छन्।
विशेषगरी अमेरीकी सरकार र त्यहाँका मेडिकल पेशाकर्मीसँगको सहकार्यम पहिलो चरणमा यी उत्पादन उपलब्ध गराइने छ । त्यसपछिका दिनमा अन्य देशमा उपलब्ध हुने कुकले भिडियो मार्फत जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
