काठमाडौं । आईफोन निर्माता एप्पलले आफ्नो नयाँ फेस सिल्ड प्रयोग गर्ने स्वास्थ्यकर्मीलाई सर्पोट गाइडलाइन र फिटिङ भिडियो सार्वजनिक गरेको छ । एप्पलले कोभिड(१९ अर्थात कोरोना भाइरसको महामारी रोक्न खटिएका स्वास्थ्यकर्मीलाई सामान्य प्लास्टिकमा प्रोटेक्सन लेयर थप गरेर फेस मास्क बनाएको छ ।
एप्पलका सीईओ टिम कूकले ट्वीटरमार्फत एउटा भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीका लागि कम्पनीले नयाँ फेस सिल्ड तयार गरेको र त्यसलाई वितरण गर्न थालिसकेको उल्लेख गरेका छन् ।
एप्पलले उक्त फेस सिल्डलाई सयौं बक्समा विभिन्न ठाउँका लागि सिपिङ गरेको छ । तर यसलाई तयार धेरै कुरामा ध्यान दिनुपर्ने हुँदा त्यसका लागि गाइडलाइन पनि कम्पनीले आफ्नो एप्पल सर्पोट पेजमा सार्वजनिक गरेको छ ।
गाइडलाइन पालना गर्न सजिलो देखिन्छ । यसमा सिलिकन ब्याण्डसहितको सफा प्लास्टिक फेस सिल्ड छन् । जुन निधारमा गएर फिट हुन्छ र त्यसले सम्पूर्ण अनुहारलाई छोप्छ ।
कम्पनीले केही फेस सिल्ड यसअघि नै क्यालिफोर्नियास्थित सान्टा क्लारामा पठाइसकेको छ । भिडियोमा सीईओ कूकले यसै हप्ताको अन्त्यमा १० लाख फेस सिल्ड पठाइसक्ने र थप अर्को हप्ता बाँकी १० लाख पठाउने योजना बनाएको बताएका छन् ।
एप्पलका अलावा स्पेस एक्स, फोर्ड, टेस्ला र जीएम जस्ता कम्पनीहरुले पनि यो संकटको घडीमा यस्ता उपकरणहरु निर्माण गरिरहेका छन् । कोर्नल विश्वविद्यालयमा एउटा सानो स्वयमसेवी समूहले थ्रीडी फ्रिन्टिङ फेस सिल्ड बनाएका छन् ।