close

नयाँ वर्षमा एनसेलकाे अफरः डिजिटल सेवा निःशूल्क, अन्तर्राष्ट्रिय कलमा छूट

टेकपाना टेकपाना

बैशाख १, २०७७ १३:४१

नयाँ वर्षमा एनसेलकाे अफरः डिजिटल सेवा निःशूल्क, अन्तर्राष्ट्रिय कलमा छूट

काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा मोबाइल सेवा प्रदाय कम्पनी एनसेल विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा सोमबारदेखि लागु हुने गरी दुई आकर्षक योजनाहरु घोषणा गरेको हो । 

न्यु इयर अफर अन्तर्गत अब कम्पनीका ग्राहकले विश्वका १५ देशमा केवल २.४९ रुपैयाँ प्रति मिनेट (कर सहित रु ३.१८) मा कुरा गर्न सक्नेछन् भने विभिन्न डिजिटल सेवाहरु ‍एक महिनाको लागि निःशूल्क प्रयोग गर्न पाउनेछन् । 

श्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन अन्तर्राष्ट्रिय कलको दरमा छूट दिइएको कम्पनीले जनाएको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । 

अन्तर्राष्ट्रिय कलको दरमा छूट उपलब्ध गराइएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेसिया रहेका छन् ।  

एनसेलका ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छूटको फाइदा लिन सक्नेछन् । यसैगरी *१७१०७# डायल गरी वा अंग्रेजीमा ठुलो A टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो योजनामा सहभागी हुन सकिनेछ । यो योजना एक महिनाका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

यसैगरी एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि एक महिनाको लागि निःशूल्क गरेको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो । जसमा ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप एनसेलको नेटवर्कबाट मात्र सुचारु गर्न सकिन्छ । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन पनि एक महिनाका लागि निःशूल्क गरिएको छ । म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्ये हरेक दिन १० मिनेटसम्म कुनै पनि आईभीआर मार्फत निःशूल्क सुन्न सक्नेछन् । एनसेलका ग्राहकले NY टाइप गरी १७१४० मा एसएमएस पठाएर यो सेवा सुचारु गर्न सक्नेछन् । 

यसैगरी सेवा भक्ति संगीतको डिजिटल सेवा पनि एक महिनासम्म निःशूल्क प्रयोग गर्न पाइनेछ । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशूल्क सुन्न सक्छन् । NY एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाएर एनसेलका ग्राहकले यो सेवा सुचारु गर्न सक्छन् ।

यसका साथै कम्पनीका ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्श सेवा पनि एक महिनासम्म निःशूल्क प्रयोग गर्न सक्नेछन् । यसका लागि १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सकिनेछ । सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशूल्क गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४