close

एआई प्रविधिमार्फत कोभिड–१९ सँग जुध्न सघाउँदै ह्वावे

टेकपाना टेकपाना

बैशाख ४, २०७७ १२:१७

एआई प्रविधिमार्फत कोभिड–१९ सँग जुध्न सघाउँदै ह्वावे

काठमाडौं । प्रयोगकर्तालाई कोरोनाभाइरस (कोभिड–१९) सँग जुध्न सहयोग गर्ने कार्ययोजना अनुसार ह्वावेले एसिया प्रसान्त क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ । कम्पनीले विशेषगरी आर्टिफिसियल इन्टिलिजेन्स (एआई), भिडियो कन्फ्रेन्सिङ, वायरलेस नेटवर्क विस्तार देखि एसिया प्रसान्तका सम्पूर्ण देशमा स्मार्टफोन समेत उपलब्ध गराउँदै आएको छ ।

कोभिड–१९ को समयमा कम्पनीले इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, बंगलादेश लगायतका देशमा देखिएका सञ्चारका चुनौती हल गर्न, कनेक्टीभिटी सुनिश्चित गर्नुका साथै नयाँ आविष्कारमा समेत सहयोग उपलब्ध गराउँदै आएको छ । अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्र सबैभन्दा प्रथामिकताको विषय हो ।

ह्वावेको टेलिमेडिसिन टिमले कोभिड–१९ सँग जुध्न लाइभ भिडियो स्ट्रिमिङ, रिमोट कोल्याव्रेसन, रिमोट डाइग्नोसिस र रिमोट प्रोटेक्सन जस्ता प्रविधिको विकास गरेको छ । जसको प्रयोग एसिया प्यासिफिक क्षेत्रमा भइरहेको छ ।

थाइल्याण्डमा ह्वावे टेलिमेडिसिन कन्फ्रेन्स सोलुसन अस्पतालहरु तथा रोग नियन्त्रण विभागमा जडान गरिसकेको छ । साथै त्यहाँ फाइभजी र एआईमा आधारित डाइग्नोसिस एण्ड ट्रिटमेन्ट सिस्टम समेत जडान गरिएको कम्पनीले जनाएको छ ।

जसले स्वास्थ्य परीक्षणमा मद्दत पुग्नुका साथै डाइग्नोसिसमा लाग्ने समय समेत कम गर्न सहयोग पुग्नेछ । त्यतिमात्रै नभएर यसले कोभिड–१९ संक्रमण भए वा नभएको यकिन तथ्याङ्क प्रदान गर्ने दाबी समेत कम्पनीले गरेको छ ।

त्यस्तै कोभिड–१९ संक्रमणका केस पत्ता लगाउन फिलिपिन्समा एआईमा अधारित सिटी स्क्रिनिङ जडान गरिएको छ । बंगलादेशमा स्वास्थ्य मन्त्रीले देशभरको स्वास्थ्य अवस्थाको निरीक्षणको लागि ह्वावेको भिडियो कन्फ्रेन्सिङ टूल प्रयोगमा ल्याएका छन् ।

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४