close

डेभलपरलाई गिटहबको निःशूल्क सेवा

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १३:१३

डेभलपरलाई गिटहबको निःशूल्क सेवा

काठमाडौं । गिटहबले सबै प्रयोगकर्ताहरुका लागि आफ्ना कोर फिचरहरु निःशूल्क बनाएको घोषणा गरेको छ । कम्पनीले अनलिमिटेड कोल्याबरेटरका साथै सबैका लागि निःशूल्क प्राइभेट रिपोजिटर्स समेत उपलब्ध गराउनेछ ।

गिटहबले व्यवसायिक प्रोजेक्टका लागि टिम्सको सेवा प्रयोग गर्न सबैलाई यी कोर फिचर निःशूल्क गराउने छ । साथै गिटहब एक्सनमा प्रति महिना दुई हजार मिनेट फ्री एक्सेस पाउने गरी सबै सेवा निःशूल्क गरिएको कम्पनीले सीआई सीडीलाई बताएको छ । 

कोड अनर तथा इन्टरप्राइज फिचर एसएएमएल सपोर्ट जस्ता अत्याधुनिक फिचर चाहने टिम्स प्रयोकर्ताहरुले भने पेड प्लानमा अपग्रेड हुनुपर्नेछ । अहिले चार डलर प्रति महिनाको प्लानबाट सुरु गरिरहेकाहरुले इन्टरप्राइज प्लानमा अपग्रेड हुन प्रति महिना २१ डलर तिर्नुपर्ने हुन्छ ।

गिटहबका सीईओ न्याट फ्राइड म्यानका अनुसार यो कदम गिटहबको पहिले देखिकै योजनामा रहेको थियो । कोभिड-१९ को वर्तमान महामारीको समयमा मात्र यो अफर केन्द्रीत नरहेको उनको भनाई छ । 

माइक्रोसफ्टले स्वामित्व खरिद गर्नु अघि गिट हबले आफ्ना सेवाहरुको प्राइसिङ मोडालिटीमा फ्रिमियम अवधारणा प्रयोग गर्दै आएको थियो । तर माइक्रोसफ्टमा गाभिएसँगै कम्पनीले आफ्नो फ्री अकाउन्टमा फिचरको संख्या बढाउन थालेको छ । 

गिटहबले आप्नो पे फर प्राइभेसी मोडललाई पे फर फिचर मोडलटमा सिफ्ट समेत गराउँदैछ । जसलाई फ्रिमियम नाम दिइएको छ । गिटहबमा अहिले ४ करोड डेभलपर्सहरु छन् । २०२५ सम्ममा यो संख्या १० करोड पुर्‍याउने गिटहब टिमको पूर्वानुमान छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४