close

कर्मचारी संगठनद्धारा टेलिकमलाई स्वास्थ्य सामग्री सहयोग

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १३:१३

कर्मचारी संगठनद्धारा टेलिकमलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को कर्मचारी संगठन ‘नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन’ ले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न सघाउ पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको जनाएको छ ।

संगठनले आफ्ना क्षेत्रीय समितिहरु मार्फत कम्पनीको क्षेत्रीय व्यवस्थापनलाई उक्त सहयोग सामग्री उपलब्ध गराएको हो । नेपाल टेलिकम आफ्नो आमा सरह नै भएकाले यसै दिनमा स्वास्थ्य सामाग्री सहयोग गरिएको संगठनले उल्लेख गरेका छन् ।

सहयोगको रुपमा उपलब्ध गराइएको स्वास्थ्य सामग्री कोरोना महामारीको जोखिमका बिच ग्राहकलाई दूरसञ्चार सेवा प्रवाह गर्न खटिने दूरसञ्चारकर्मीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संगठनका अध्यक्ष यादवप्रसाद पनेरुले १६ सय थान सर्जिकल माक्स, ८ सय थान सर्जिकल ग्लोब्स, सेन्थेटिक्स ग्लोब्स दुई सय ८५ थान र २० लिटर स्यानिटाइजर र १५० ह्याण्डप्याक सहयोग उपलब्ध गराइएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३