close

वेदको शैक्षिक सफ्टवेयरमै डिस्टेन्स लर्निङ फिचर, प्रयोग गर्ने विद्यालयको संख्या २०० नाघ्यो

टेकपाना टेकपाना

बैशाख २०, २०७७ ११:५९

वेदको शैक्षिक सफ्टवेयरमै डिस्टेन्स लर्निङ फिचर, प्रयोग गर्ने विद्यालयको संख्या २०० नाघ्यो

काठमाडौं । कोरोनाभाइरसका कारण देशभर लकडाउन छ । जसको असर हरेक क्षेत्रमा परिरहेको छ । त्यसमध्ये पनि शैक्षिक क्षेत्र सबैभन्दा बढी मारमा छ । शैक्षिक शत्र सुरु गर्नुपर्ने अवस्थामा पुरानै शत्रको परीक्षा हुन नसक्दा विद्यार्थी अन्योलमा छन् ।

त्यसैले पनि पछिल्ला केही सातादेखि नेपालमा अनलाइन कक्षाको चर्चा सुरु भएको छ । नेपालकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयदेखि निजी स्कूल कलेजहरुले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

यसैबिचमा इन्ग्रेल्स प्रालि नामक कम्पनीको प्रडक्ट ‘वेद’ हालसम्म २०० भन्दा बढी विद्यालयमा अनलाइन कक्षा सञ्चालनको लागि प्रयोग भइरहेको छ । ‘डिस्टेन्स लर्निङ फिचर’ उपलब्ध गराउँदै आएको वेदले हालसम्म ३०० भन्दा बढी विद्यालयलाई डिजिटल शिक्षाका लागि आवश्यक विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । हालको लकडाउनको अवस्थामा वेदको सेवा लिइरहेका विद्यालको एपमा डिस्टेन्स लर्निङ फिचर थप गरिको छ ।

कम्पनीका अनुसार स्कूललाई उपलब्ध गराइएको एपमा जूमलाई इन्ट्रीगेट गरिएको छ । साथै विद्यार्थी र शिक्षकलाई मद्दत पुग्ने थुप्रै अन्य सुविधा समेत थप गरिएको कम्पनीले जनाएको छ । जसमा अनलाइन नोट र अध्ययनका लागि आवश्यक विभिन्न सामग्री त्यसैमा राखिएको छ ।

नयाँ फिचर प्रयोग गरी विद्यार्थीले घरबाटै होमवर्क बुझाउन सक्ने छन् । उक्त होमवर्कमा शिक्षकले आवश्यक कमेन्ट गर्न समेत मिल्ने कम्पनीका सह–संस्थापक सुजित पाठकले बताए । साथै विद्यार्थीको सहजताका लागि वेदले एसएमएसमार्फत कक्षा सञ्चालनको तालिका, गृहकार्य र परीक्षाको नतिजाबारे जानकारी दिने सुविधा पनि उपलब्ध गराइरहेको छ । अनलाइनबाटै भर्ना गर्न सकिनेसम्मका सुविधा प्लेटफर्ममा उपलब्ध रहेको पाठक बताउँछन् ।

उनका अनुसार हालसम्म उक्त सेवा प्रयोग गरी अनलाइन कक्षा दिने विद्यालयहरुमा सेन्टजेभियर्स स्कूल, एक्सेलसीर स्कूल, वृहस्पती विद्या सदन, सेन्ट म्यारिज स्कूल, सेन्टजेभियर्स गोदावरी, एलआरआई स्कूल, काभ्या स्कूल, आइडियल मोडल स्कूल, ह्वाइटफिल्ड स्कूल, मैत्री स्कूल लगायत छन् ।

वेदप्रति कस्तो छ स्कूलको धारणा ?

निरज थापा
अफिस इन्चार्ज
सेन्टजेभियर स्कूल

‘वेदले हामीलाई लकडाउनको समयमा पनि डिजिटल रुपमा कक्षालाई निरन्तर सञ्चालनका लागि मद्दत पुर्‍याएको छ । यसको स्कूल म्यानेजमेन्ट सिस्टमलाई विद्यार्थीले सहज र सरल रुपमा आत्मसाथ गर्न सफल भएका छन् । यसका साथै वेदले प्रविधिमार्फत अलिहेको अवस्थामा पनि हाम्रो शैक्षिक क्रियाकलापलाई सामान्य अवस्थामा जस्तै कुनै सम्झौता नगरी सम्भव बनाएको छ ।’

प्रशान्त रजक, प्रिन्सिपल
दि एक्सेलसियर स्कूल

‘अहिलको विषम परिस्थितिमा पनि वेदले समाधान ल्याएर आएको छ । कोरोनका कारण भौतिक दुरी कायम गर्नु पर्ने वाध्यता छ । जसले गर्दा नियमित स्कूल सञ्चालन सम्भव छैन । तर, पनि प्रविधिको प्रयोग गरी कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण वेदले दिएको छ । वेदले उपलब्ध गराएको स्कूल म्यानेजमेन्ट सिस्टममार्फत अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीलाई गृहकार्य दिने, उनीहरुले गरेको गृहकार्य जाँच गरी शिक्षकले प्रतिक्रिया दिने सबै काम सहज भएको छ । जसले विद्यार्थी, शिक्षक र विद्यालय सबैलाई ठूलो सहयोग पुर्‍याएको छ ।’

सुनिल कुमार घर्ती
सञ्चालक/निर्देशक/शिक्षक
काभ्या स्कुल

‘वेदले विद्यालय, विद्यार्थि र अविभावकबिच अन्तरक्रियाको लागि उत्कृष्ट माध्ययम उपलब्ध गराएको छ । हामी वेदले उपलब्ध गराएको डिजिटल माध्ययममार्फत सहजरुपमा विद्यार्थि र उनिहरुका अविभावकसँग जोडिन सफल भएका छौं । लकडाउनको समयमा वेद अझ प्रभावकारी भएको छ । यसले आफ्नो क्षमता दर्शाउन सफल भएको छ । वदेले लकडाउनका समयमा स्कुललाई डिजिटल रुपमा सञ्चालन गर्नका लागि एपमा इन्ट्रिगेटेड स्कुल म्यानेजमेन्ट सोलुसन उपलब्ध गराएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३