काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थानीय अनलाइन सञ्चार माध्यमको ट्राफिक बढेको अध्ययनले देखाएको छ । साथै त्यस्ता अनलाइन सञ्चार माध्यमका फेसबुक पेज लाईक गर्नेको संख्यमा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ ।
फेसबुकले क्राउड ट्यांगलसँगको सहकार्यमा सञ्चालन गरेको ‘जर्नालिजम प्रोजेक्ट’ अन्तरगतको अध्ययनबाट सार्वजनिक गरेको प्रतिवेदनमा साइट ट्राफिक बढेको जनाइएको छ । अध्ययनअनुसार साइटमा आउने ट्राफिक ५० प्रतिशतले बढेको छ ।
पेज लाइक
मार्चदेखी अप्रिल मध्यसम्म गरिएको सो अध्ययनमा अमेरिकाका २७ सय अनलाईन मिडियाको फेसबुक पेज समेटिएको थियो । जसबाट सामान्य अवस्थामा भन्दा यो समयमा धेरै स्थानीय कन्टेन्ट शेयर भएको देखिएको छ ।
फेसबुक पेजमा हुने क्रियाकला
अध्ययन समयमा लोकल न्युज साइटमा आउने ट्राफिक दोब्बरले बढेको देखाएको छ भने, फेसबुक पेजमा हुने गतिविधि (शेयर, लाइक, रियाक्सन) गर्नेको संख्या १५० प्रतिशतले वृद्धि भएको छ । यस्तै कमेन्ट गर्नेको संख्या ३३ प्रतिशतले बढेको छ ।
फेसबुक पोस्टमा पाठककाे सहभागीता
त्यस्तै फेसबुक लाइभमा सहभागी हुनेको संख्या पनि अत्यधिक रुपमा बढेको छ । लाइभ गरिएका मध्ये ३० प्रतिशत पोष्टमा मानिसहरुको सहभागीता अत्यधिक देखिएको छ । त्यस्ता लाइभमा प्रतिक्रिया जनाउनेको संख्या ६० प्रतिशतले बढेको छ ।
त्यस्तै फोटोमा आउने कमेन्ट र रियाक्सन ६० प्रतिशत, पोष्टमा ५० प्रतिशत र लिंकमा ३० प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । यो समयमा लोकल न्युज शेयर गर्नेको संख्या ४० प्रतिशतले वृद्धि भएको छ । त्यस्ता पोष्ट मन पराउनेको संख्या ४६ प्रतिशतले बढेको छ ।