काठमाडौं । सरकारले शुक्रबारदेखि लकडाउन लकडाउन खुकुलो बनाएको छ । आवागमनलाई व्यवस्थित बनाउन भन्दै उपत्यकामा आइतबारबाट सवारीसाधन सञ्चालनमा टाइमकार्ड लागु गरियो ।
तर अनलाइनमार्फत अत्यावश्यक सामग्री पुर्याउँदै आएका फूडमाण्डु, फूडमारियो, ग्यापु, दराज लगायतका कम्पनीहरुमा भने यो नयाँ नियमका कारण समस्या परेको छन् । सरकारले खाद्यान्न र अत्यावश्यक सामग्रीका सवारी साधनले बिहान ४ बजेदेखि १० बजेसम्म सामान ओसार पोसार गर्न पाउने समय छुट्याएको छ । यसरी समय तोकिँदा अत्यावश्यक सामग्री पुर्याउने व्यवसाय नै समस्यामा परेको कम्पनीहरुको गुनासो छ ।
We doing essentials Delivery have been asked by government to arrange delivery within time frame that is before 10 am everyday, we would request government to rethink the strategy. We want people to stay home as well, and hence we Deliver to them. @hello_sarkarpic.twitter.com/UjQ3Au4sJe
फूडमारियोका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीले भने, ‘सरकारले बिहान १० बजेसम्मको समय दिएको छ । उक्त समयमा अन्य सेवाका गाडीलाई पनि खुकुलो पारिएको छ । जसले गर्दा गाडी लामो समयसम्म जाममा बस्नु पर्ने अवस्था छ । ट्राफिक जामले गर्दा सामान समयमै पुर्याउन मुस्किल भएको छ ।’
आज बिहानै मात्रै खाद्यान्न सामग्री लिएर हिँडेका आफ्ना गाडी १० बजेर १५ मिनेटमा ट्राफिकले समातेको उनको भनाई छ । ‘जामबाट निस्किएको गाडी समातेर केही घण्टा रोकेर भोलिबाट तोकिएको समयभन्दा एक मिनेट पनि उता नचालाउनु भनेर गाडी छाडी दियो,’ तिवारीले भने ।
सरकारले बिहान चार बजेदेखि १० बजेसम्म समय तोक्दा मानिसहरुले बिहान चार बजेबाटै अर्डर गर्न थाल्नु पर्ने अवस्था आएको छ । तर त्यो सम्भव भने छैन । बिहान ७–८ बजे आएको अर्डर दिनमा एक/दुई वटाभन्दा डेलिभरी गर्न सकिने अवस्था नुहेन तिवारी बताउँछन् । यस्तो समस्या फुडमारियोले मात्रै नभएर सबै ईकमर्श कम्पनीले भोगिरहेका छन् ।
आज सबैजसो ईकमर्श कम्पनीले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै टाइम कार्डले निम्त्याएको समस्याको विषयमा सार्वजनिक जानकारी गराएका छन् । ईकमर्श कम्पनीहरुलाई अहिले लिएको अर्डरमा पनि समस्या आएको छ । अब कसरी जाने भनेर सबै ई–कमर्श कम्पनीहरु सल्लाहमा जुटेका छन् । केही कम्पनीले सोमबारदेखि बिहान पाँच बजेबाटै डेलिभरी गर्ने योजना बनाइरहेका छन् । त्यसो हुँदा पनि दिनमा पाँच सात वटामात्रै सामान डेलिभरी गर्न सकिने ईकमर्श कम्पनीको दुखेसो छ ।
यसरी सरकारले आत्यावश्य सामाग्रीको डेलिभरीमा टाइमकार्ड लगाउँदा सामानको अर्डर लिनै समस्या परेको फूडमाण्डुका संस्थापक मनोहर अधिकारीको भनाई छ । उनी भन्छन्, ‘धेरैजसो डेलिभरीको कार्य दिउँसोको समयमा हुँदै आएको छ । तर बिहान १० बजेभित्रमा फ्रेस डेलिभरी सम्भव नै छैन ।’
विशेष प्रकृतिको व्यवसाय भएका कारण सहजीकरण गरिदिन ईकमर्श व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । यो कोरोना भाइरसको महामारीको ईकमर्श कम्पनीहरुले पुर्याइरहेको योगदानको सरकारले वास्ता नै नगरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
डेलिभरीको अव्यवहारिक टाइ कार्डले ग्राहक आफै बजारमा समान किन्न निस्किनु भन्दा अर्को विकल्प बाँकी नरहने तिवारीको भनाई छ । उनी भन्छन, ‘यदि ग्राहक आफै सामान लिनका लागि बाहिर निस्किने हो भने झन ठूलो समस्या सिर्जना हुनसक्छ ।’
त्यसैले पनि सरकाले यस्ता विषयमा भने सोचेर निर्णय लिनु पर्ने ईकमर्श व्यवसायीहरुको सुझाव छ । तिवारीका अनुसार कम्पनीले आजैबाट खाना अर्डर लिने योजना बनाएका थियो । त्यो पनि अहिलेको परिवेशमा सम्भव नभएको उनले बताए । ‘अब त्यस्तो सेवा सुरु गर्न अझैं केही दिन कुर्ने कि भन्नेमा छौँ,’ उनले भने ।