close

कनेक्ट आईपीएसबाट यसरी बुझाउनुहोस् बीमाको प्रिमियम

टेकपाना टेकपाना

जेठ ६, २०७७ १७:३१

कनेक्ट आईपीएसबाट यसरी बुझाउनुहोस् बीमाको प्रिमियम

काठमाडौं । अहिलेको लकडाउनको समयमा कारण बीमा कम्पनीसम्म पुगेर प्रिमियम बुझाउन सम्भव छैन । तर कनेक्ट आईपीएसको माध्यमबाट विभिन्न बीमा कम्पनीहरुको प्रिमियम अनलाइनबाट सजिलै बुझाउन सकिन्छ ।

आज हामी तपाईंहरुलाई कनेक्ट आईपीएसको माध्यमबाट विभिन्न बीमा कम्पनीको प्रिमियम भुक्तानी कसरी गर्ने भन्ने विषयमा बताउँदै छौं ।

  • तपाईंसँग कनेक्ट आईपीएसको अकाउण्ट छ भने सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • अब बायाँ भागमा रहेको मेनुबारमा रहेको फाइनाइन्सियल इन्स्टिच्युसन्समा क्लिक गर्नुहोस् ।
  • त्यसपछि इन्स्योरेन्समा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ रहेका बीमा कम्पनी मध्ये आफूले प्रिमियम बुझाउनुपर्ने कम्पनी छनौट गर्नुहोस् ।
  • त्यहाँ पोलिसी नम्बर र जन्ममिति उल्लेख गर्नुहोस् ।
  • अब पोलिसी बाहकको विवरण पुष्टि गर्नुहोस् ।
  • भरिएको सबै विवरण एकपटक पुनः राम्रोसँग जाँच गर्नुहोस् र पासवर्ड राखेर सबमिट बटन थिच्नुहोस् ।

तपाईंको कारोबार पुरा भएपछि मोबाइलमै नोटिफिकेसन प्राप्त हुनेछ । यति भएपछि तपाईंले गरेको प्रिमियमको भुक्तानी सम्बन्धित बीमा कम्पनीको प्रणालीमा दर्ता हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३