close

अब मलेसियाको वालेटबाट सोझै ईसेवामा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

जेठ ११, २०७७ १४:४९

अब मलेसियाको वालेटबाट सोझै ईसेवामा पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट समेत रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको कम्पनीले मलेसियामा समेत आफ्नो सेवा विस्तार गरेको हो ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे कम्पनीले जनाएको छ । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट समेत नेपालको ईसेवा वालेट तथा कुनै पनि बैंक खातामा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

ईसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ ।

साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । कम्पनीले आगामी दिनहरुमा विश्वका अन्य मुलुकमा समेत रेमिट्यान्स कारोबार विस्तार गरिने कुरा जनाएको छ ।

डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने भएकाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफूहरु लागिपरेको कम्पनीको भनाई छ ।

ईसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको कम्पनीले बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३