काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेसबुक पेजमा गरेको पोष्टलाई फेसबुकले मान्यता दिएको भन्दै कम्पनीकै कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन् । कम्पनीका चार सय भन्दा बढी कर्मचारीले भर्चुअल रुपमा फेसबुकका संस्थापक मार्क जुकरवर्गविरुद्ध प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरुले डोनल्ड ट्रम्पको पोष्टलाई मान्यता नदिन अर्थात हटाउन आग्रह गर्दै प्रदर्शन गरेको बताइएको छ । तर, जुकरवर्गले उक्त पोष्ट हटाउन नसकिने जनाएसँगै प्रदर्शन गर्ने कर्मचारी मध्ये दुई जनाले राजीनामा समेत दिइसकेको उल्लेख गरिएको छ ।
गत हप्ता अमेरिकामा एक अस्वेत नागरिककको हत्या भएको थियो । त्यसको विरुद्धमा विगत एक सातादेखि अमेरिकामा विरोध प्रदर्शन जारी छ । विरोध सुरु भएको भोलिपल्ट अर्थात २९ मेमा ट्रम्पले फेसबुक र ट्वीटरमा प्रहरी खटाएर त्यो प्रदर्शनलाई साम्य पारिने बताएका थिए । उनले, लेखेका थिए, ‘लुटिङले सुटिंग तिर लैजान्छ, बुधबार त्यहि भएको थियो । हामी अहिले नै प्रहरी खटाउँछौं ।’
उनले गरेको यो पोष्टले हिंसालाई बढावा दिने भन्दै ट्वीटरले तत्कालै हटाएको थियो । तर, फेसबुकले भने अझैं हटाएको छैन । फेसबुकले यो पोष्ट आफ्नो नीति भित्रै रहेको भन्दै हटाउन अस्वीकार गरेको हो ।
Looting leads to shooting, and that’s why a man was shot and killed in Minneapolis on Wednesday night – or look at what…
यसरी हिंसालाई बढावा दिने पोष्टलाई समेत नहटाएको भन्दै कम्पनीका कर्मचारी जुकरवर्ग विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले यसमा फेसबुकले ट्रम्पको बचाउ गरेको आरोप समेत लगाएका छन् ।