close

प्रदेश १ का कोरोना संक्रमित अनलाइनबाटै अस्पताल भर्ना हुन सक्ने

टेकपाना टेकपाना

जेठ २६, २०७७ १३:१४

प्रदेश १ का कोरोना संक्रमित अनलाइनबाटै अस्पताल भर्ना हुन सक्ने

काठमाडौं । प्रदेश नम्बर १ का कोरोनाभाइरस संक्रमितले अब अनलाइनबाटै आवेदन दिएर अस्पताल भर्ना हुन सक्ने भएका छन् । मोरङको सुन्दरहरैचामा प्रदेश सरकारले तयार पारेको कोरोनाभाइरस उपचार केन्द्रमा संक्रमित व्यक्तिले अनलाइनबाटै फाराम भरेर अस्पतालमा बेड बूक गराउन तथा भर्ना हुन सक्ने व्यवस्था मिलाइएको हो ।

यस अघि परीक्षणका क्रममा संक्रमण पुष्टी भएपछि सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारले बिरामीलाई अस्पताल पुर्‍याउँदै आएका थिए । उनीहरूको अस्पताल भर्नाको व्यवस्था समेत सरकारले नै गर्दै आएको थियो ।

सुन्दर हरैचामा कोरोना संक्रमितहरुका लागि इन्टरनेट सेवाको व्यवस्था समेत मिलाइएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइनबाटै लिइनेछ ।

उनले भनेका छन्, “संक्रमितहरू अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएपछि भर्ना हुनुअघि नै अनलाइनबाट बेड बूक गर्न सकिने व्यवस्था मिलाइएको हो । संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल पुर्‍याउने र संक्रमित व्यक्ति सोझै बेडमा पुग्न सक्नेछन् ।’

अनलाइनबाटै संक्रमितलाई अस्पताल भर्ना गर्न सेना, पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल कर्मचारी र सामाजिक विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित व्यस्थापन टिम तयार पारिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०