close

अब मोबाइलको जीमेलबाटै ‘गूगल मीट’को भिडियो कन्फ्रेन्स

टेकपाना टेकपाना

असार ४, २०७७ १३:९

अब मोबाइलको जीमेलबाटै ‘गूगल मीट’को भिडियो कन्फ्रेन्स

काठमाडौं । गूगलले जीमेलसँग भिडियो कन्फ्रेन्सिङ एप ‘मीट’ इन्ट्रिगेसनमा अर्को पहली कदम चालेको छ । गूगलले एन्ड्रोइड तथा आईओएसमा जीमेल प्रयोग गर्ने प्रयोगकर्तालाई सोही एपमा नै ‘गूगल मीट’ समेत उपलब्ध गराउने भएको छ । यसअघि यो सेवा वेब भर्सनको जीमेलमा उपलब्ध भइसेको छ ।

Google Meet in Gmail

आउँदो साताबाट सबै प्रयोगकर्तालाई यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यससँगै एन्ड्रोइड तथा आईओएस मोबाइल प्रयोगकर्ताले गूगल मीट प्रयोगको लागि छुट्टै एप डाउनलोड गरिराख्नु पर्ने झन्झट हुने छैन ।

Google Meet in Gmail

गूगलका अनुसार जीमेल एपभित्र ‘मीट’ को छुट्टै ट्याव हुनेछ । उक्त ट्यावमा क्लिक गरी गूगल क्यालेन्डरमा गएर सेड्युलमा रहेका मिटिङ हेर्न र सहज रुमपमा मिटिङमा सहभागी हुन सकिनेछ । त्यतिमात्रै नभएर जीमेल एपबाटै भिडियो मिटिङ सेड्युल गर्न समेत सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१