close

डटएनपी डोमेन सरकार मातहत ल्याउने गृहकार्य गर्दै प्राधिकरण

टेकपाना टेकपाना

असार ४, २०७७ १८:८

डटएनपी डोमेन सरकार मातहत ल्याउने गृहकार्य गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरञ्चार प्राधिकरणले डट एनपी डोमेन सरकार मातहत ल्याउने गृहकार्य थालेको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले हाल निजी कम्पनीको मातहत रहेको नेपालको डोमेन सरकार मातहत ल्याउने तयारी थालेको हो ।

भर्खरै प्राधिकरण बोर्डबाट पारित आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा डट एनपी डोमेन व्यवस्थापन तथा सुरक्षित बनाउन सरकार मातहत ल्याउने योजना राखिएको छ । यसका लागि अध्ययन गर्न भन्दै नियामकले अध्ययन गर्न भन्दै बजेट समेत छुट्याएको छ ।

प्राधिकरणका अनुसार आगामी कात्तिकभित्रमा आवश्यकता विश्लेषण गरी शर्तको व्यवस्था तय गरी फागुन मसान्तभित्र परामर्शदाता छनौट गरिनेछ । आर्थिक वर्ष २०७७/७८ भित्रमा एनपी डोमेनलाई व्यवस्थापन गर्न तथा सरकार मातहत ल्याउन आवश्यक मोडालिटी तयार हुनेछ ।

यसको अध्ययन तथा परामर्शका लागि दश लाख बजेट विनियोजन गरिएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्रै कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

सुरुवाती समयदेखि एनपी डोमेनको दर्ता र व्यवस्थापनको कार्य निजी कम्पनी मर्कन्टाइल कम्युनिकेसनले गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१