close

फेसबुकले खरिद गर्‍यो गूगल स्ट्रिट भ्यूको प्रतिस्पर्धी म्यापिलरी

टेकपाना टेकपाना

असार ६, २०७७ १६:५७

फेसबुकले खरिद गर्‍यो गूगल स्ट्रिट भ्यूको प्रतिस्पर्धी म्यापिलरी

एजेन्सी । फेसबुकले म्यापको क्षेत्रमा केही वर्षयता धेरै राम्रो काम गर्दै आइरहेको छ । गत वर्ष उसले आफ्नो ओपन स्ट्रिट म्यापमा प्रयोगकर्ताहरुका लागि एआई टूल थप गरेको थियो । साथै कम्पनीले थ्रीडी म्यापमा आधारित एआर प्लानेट पुनः व्युताउने योजना समेत घोषणा गरेको थियो ।

यस्तै केही समय अघि मात्र कोभिड १९ को फैलावटको अवस्थाबारे अपडेट गर्न कम्पनीले अन्तरक्रियात्मक म्याप पनि सार्वजनिक गरेको थियो । अहिले कम्पनीले गूगल स्ट्रिट भ्यूको प्रतिस्पर्धी कम्पनी म्यापिलरीको स्वामित्व प्राप्त गरेको थियो ।

म्यापिलरी एउटा स्ट्रिट लेभल इमेजरी प्लेटफर्म हो । जसले म्यापिङलाई स्केल र अटोमेट गर्दछ । स्विडेनमा आधारित उक्त स्टार्टअपले क्राउड सोर्स डेटा बेसको सहायताले स्ट्रिट लेभल इमेजरी निर्माण गरेको छ । 

२०१३ देखि करिब १९० मुलुकका प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन प्रयोग गरेर तस्वीरहरु संलकन गर्ने गरेका छन् । म्यापिलरी सफ्टवेयरमा ती सबै फोटो राखेर चारै आयाम सहितको स्ट्रिट लेभल भ्यू बनाउन सक्छन् । यो क्राउड सोर्स गूगल स्ट्रिल लेभल भ्यू जस्तै हो । 

हालसम्म म्यापिलरीका सबै तस्वीरहरु गैरव्यवसायीक प्रयोजनका लागि सबैले प्रयोग गर्न सक्दथे । तर गएको शुक्रबारबाट यो व्यवसायीक प्रयोगका लागि पनि निःशूल्क भएको छ । यो नयाँ व्यवस्थाले पेसबुकले आफ्नो प्लेटफर्ममा यो सेवालाई कसरी समावेश गर्छ भन्ने कुराको संकेत समेत दिएको छ । 

अब फेसबुक पेजमा चाँडै नै व्यवसायीक गृहहरुको स्ट्रिट सटहरु देखिने अपेक्षा गर्न सकिन्छ । यो नयाँ स्वामित्वले फेसबुकलाई उसको म्यापमा आधारित महत्वकांक्षा पुरा गर्न सहयोग पुर्‍याउनेछ । केही वर्ष अघि अमेजन कम्पनीले समेत म्यापिलरीको स्वामित्व खरिदमा चासो देखाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१