close

आईफोन र आईप्याड प्रयोगकर्ताले जान्नैपर्ने २० टिप्स

टेकपाना टेकपाना

असार ६, २०७७ १६:११

आईफोन र आईप्याड प्रयोगकर्ताले जान्नैपर्ने २० टिप्स

काठमाडौं । अबको केही दिनभित्र एप्पलले आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स २०२० मार्फत ओईओएस र आईप्याड ओएस फोर्टिन सार्वजनिक गर्दैछ । यो आईफोन र आईप्याडको नयाँ सफ्टवेयर भर्सन हो । 

सम्भवत:  एप्पलले तत्काल यो नयाँ भर्सनमा डिभाइस तयार गर्ने छैन । एप्पलले केही समय पुरानो आईओएस थर्टिनमै डिभाइसहरु निर्माण गर्नेछ । 

आज हामी तपाईंलाई  गत सेप्टेम्बरमा सार्वजनिक भएको आईओएस थर्टिन र नयाँ फिचरहरुका बारेमा बताउँदै छौं । यो भर्सनसँगै आएका उत्कृष्ट फिचरहरुका बारेमा पनि आज हामी तपाईं जानकारी दिने छौं । 

यदि तपाईंले आफ्नो आईफोन वा आईप्याड अपडेट गर्नु भएको छैन भने चिन्ता नलिनुहोस् । आईओएस थर्टिनको लेटेस्ट भर्सन तपाईंले एकैपटक अपडेट गर्नसक्नुहुन्छ ।

तपाईंले स्पेस खाली गरेर यो भर्सन अपडेट गर्नुपर्ने हुन्छ । यो भर्सन इन्स्टल गरिसकेपछि तपाईंले आफ्नो डिभाइसमा विभिन्न नयाँ फिचरहरु प्राप्त गर्न सक्नुहुन्छ । ती फिचरहरु यस्ता छन् । 

१. अपरिचित कलहरु रोक्ने 

एउटा बटनको सहायतामा तपाईंले जुनसुकै अपरिचित फोन कललाई रोक्न सक्नुहुन्छ । आईओएस थर्टिन भर्सनमा यो फिचर इनेबल गरेपछि डिभाइसको कन्ट्याक्ट लिस्ट र ईमेलमा भएका नम्बरहरुले मात्र तपाईलाई कल गर्ने अनुमति पाउँछन् ।

२. वाइफाई, ब्लुटुथ सेटिङ मिलाउन सजिलो 

वाईफाई नेटवर्क र ब्लुटुथ डिभाइसमा कनेक्ट हुन सेटिङ एप र विभिन्न अप्सनमा ट्याप गर्ने कार्य निकै झन्झटिलो छ । तर आईओएस थर्टिनमा तपाईंले सेटिङ एप नखोलेर नै वाईफाई र ब्लुटुथ डिभाइसहरुमा कनेक्ट गर्न सक्नुहुन्छ ।  

३. स्वाइप कीबोर्ड

एन्ड्रोइड प्रयोगकर्ताहरुले स्वाइप तथा स्वीफ्ट की जस्ता थर्ड पार्टी एपहरु प्रयोग गरेर वर्षौंदेखि स्विपिङ कीबोर्ड प्रयोग गरिरहेका छन् । गूगलले समेत आफ्नो जीबोर्डमा यो फिचर थप गरेको छ । 

एप्पलले पनि क्विक पाथ टाइपिङको नाममा यो फिचर थप गरेको छ । यसमा सामान्य तरिकालेभन्दा छिटो टाइप गर्न सकिन्छ । साथै स्पेलिङ गलत हुँदा यसमा सच्याउने अप्सन पनि पाउन सकिन्छ ।

यसलाई आईओएस थर्टिनमा इन्स्टल गर्न सकिन्छ । आईफोन थर्टिनमा क्विकपाथ टाइपिङ प्रयोग गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

४. सबैका लागि डार्क मोड 

आईओएस थर्टिन भर्सन प्रयोग गर्ने सबैले आफ्नो डिभाइसकमा रहेका मूख्य एपहरुमा डार्क स्क्रीन प्रयोग गर्न सक्छन् । डार्क मोडले डिभाइसको लाइट स्क्रीनलाई हटाएर आखाँलाई आराम दिन्छ । एन्ड्रोइड टेनले समेत आफ्ना एपहरुमा डार्क थिमलाई आधारिकारिक रुपमा नै सपोर्ट प्रदान गर्दै आएको छ । 

५. एप डिलिट गर्ने फरक विधि 

एप्पल कम्पनीले आईफोन इलाभेनमा थ्रीडी टच हटाएको छ । यो भर्सनमा हाम्रो आईफोन र आईप्याडको होम स्क्रीनमा रहेका एपहरुलाई डिलिट गर्ने र सार्ने विधि परिवर्तन भएको छ । 

६. फोटो एपमा भिडियो एडिटिङ टूल 

फोटो एपमा उल्लेखनीय सुधार भएको छ । अब फोटो संकलन गर्न र सतहीकरण गर्न सजिलो भएको छ । एडिट टूलले पनि नयाँ लुक्स पाएको छ । यसमा सबैभन्दा धेरै आकर्षक फिचर भनेको प्रयोगकर्तले फोटो एपभित्रै भिडियोलाई एडिट गर्न सक्छन् ।

फोटो एपभित्र भिडियोमा फिल्टर थप गर्ने, ब्राइटनेस एडजस्ट गर्ने र क्रप गर्ने सबै कामहरु गर्नसक्नुहुन्छ । आईओएस थर्टिनमा उपलब्ध फोटो एपबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

७. आईप्याड ओएस गेस्चर 

आईप्याडले आफ्नै कम्प्युटिङ प्लेटफर्म विकास गरिरहेको छ । सँगसँगै उसले विभिन्न किसिमका नयाँ फिचरहरु पनि विकास गर्दै गइरहेको छ । आईप्याडओएसले आफ्नो एप र होमस्क्रीनका लागि नयाँ फिचर थप गरेको छ ।

जसमा तपाईंले धेरै एपहरु एकैपटक खोलेर एकअर्कोमा स्वीच गर्न सक्नुहुन्छ । आईप्याडका विभिन्न आकर्षक गेस्चरहरु थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

८. आइप्याडका लागि ट्रयाकप्याड सपोर्ट

आईप्याड ओएस १३.४ सार्वजनिक भएसँगै एप्पलले आफ्नो आईप्याड लाइनअपमा अफिशियल ट्रयाकप्याड र माउस सपोर्ट थपेको छ । 

यो नयाँ अपडेटसँगै ट्याबलेट ल्यापटप जस्तै बनेको छ । यसमा डेस्कटप क्लास सफारी ब्राउजर थप गरिएको छ र यसको उपयोगीता र अन्य धेरै काम गर्ने क्षमता समेत बढेको छ ।

९. लुकेका फिचरहरु 

नयाँ सफ्टवेयर प्रयोग गर्दाको सबैभन्दा ठूला फाइदा भनेको घोषणा नभएका फिचरहरु बारे थाहा पाउन सक्नु हो । विशेष अपडेटहरुमा यी फिचरहरु देख्न सकिन्छ । तर आईओएस थर्टिनमा केही लुकेका फिचरहरु समेत छन् । जुन सबै भर्सनमा पाइँदैनन् । 

१०. भोलुम इन्डिकेटर व्यवस्थापन 

आईओएसमा एकदमै झञ्जटिलो भोलुम इन्डिकेटर छ । जुन तपाईंको स्क्रीनमा देखा पर्छ । जब तपाईं केही कुरा हेर्दै हुनुहुन्छ भने त्यसबेला भोल्युम इन्डिकेटर स्क्रीनमा देखा पर्दा अवश्य पनि तपाईंलाई झन्झट लाग्छ ।

तर आईओएस थर्टिनमा यसलाई व्यवस्थापन गरिएको छ । भोल्युमलाई मिलाउने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

११. इच्छाअनुसारको फन्ट 

एप्पलले आईओएसमा फन्ट छनौटमाथि नियन्त्रण गर्दै आएको छ । तर कम्पनीले आईओएस थर्टिन भर्सनमा भने एपभित्र इच्छाअनुसारको फन्ट प्रयोग गर्ने स्वतन्त्रता दिएको छ । 

१२. फाइण्ड माई फोन र फाइण्ड माई फ्रेण्ड एकै ठाउँमा 

एप्पलले फाइण्ड माई फोन र फाइण्ड माई फ्रेण्डलाई एउटै एपको रुपमा फाइण्ड माईभित्र राखेको छ । यसबाट तपाईंले नचिनेका व्यक्तिको हराएको मोबाइल फोन समेत खोजिदिन सहयोग गर्नसक्नुहुन्छ ।

जब तपाईंले आफ्नो एप्पल डिभाइस हराएको कुरा जनाउनु हुन्छ, एप्पल कम्पनीले सम्पूर्ण एप्पल डिभाइसहरुलाई हराएको फोनको ब्लुटुथ सिग्नल खोज्न आग्रह गरेर डिभाइसको लोकेसनलाई क्राउड सोर्स गर्दछ । 

जब कुनै एप्पल डिभाइसले तपाईंको डिभाइस फेला पार्छ, तब तपाईंले अलर्ट पाउन सक्नुहुन्छ । यो सेवा पूर्ण रुपमा इन्क्रिप्टेड हुन्छ ।

१३. ‘साइन इन विथ एप्पल’

नयाँ प्राइभेसी फिचर ‘साइन ईन विथ एप्पल’ले तपाईंलाई विभिन्न अकाउन्ट र एपमा लग ईन गराउँछ । यद्यपी यसका लागि तपाईंले आफ्नो ईमेल एड्रेस लग ईन गर्नुपर्दैन ।

एप्पलका अनुसार यो फिचरले प्रयोगकर्ताहरुलाई ट्र्याक गर्ने थर्ड पार्टी एपहरुबाट जोगाउँछ । 

१४. म्यासेज र स्टीकरमा मिमोजी अवतार

एप्पलको म्यासेज एपले मिमोजी प्रोफाइलको सपोर्ट पाएको छ । म्यासेज एपमा मिमोजीको थम्बनेल राखिएको छ । अब तपाईंले आफ्नो आईओएस थर्टिन डिभाइसभर स्टिकरको प्याक पाउन सक्नुहुन्छ ।

१५. स्मार्ट म्यासेज सर्च 

आईओएस थर्टिन भर्सन आएसँगै पुराना म्यासेजहरु खोज्ने विधि सजिलो र स्मार्ट भएको छ । यसबाट तपाईंले सहजै आफ्ना सबै पुराना म्यासेज टेक्स्ट, लिंक, फोटो फेला पार्न सक्नुहुन्छ । 

तपाईंले डुअल अर्थात दुई सिममा आई म्यासेज प्रयोग गर्न सक्नुहुन्छ । तर एउटा नम्बरलाई तपाईंले प्राइमरी नम्बरको रुपमा सेट गर्नुपर्छ । यसो गरिसकेपछि म्यासेज पठाउने समयमा तपाईंले दुई मध्ये एउटा नम्बर इच्छा अनुसार चयन गर्नुपर्ने हुन्छ । 

१६. रिमाइण्डरको नयाँ लुक्स 

यो भर्सनको डिभाइसमा रिमाइण्डर एकदमै नयाँ र स्मार्ट देखिएको छ । तपाईंले म्यासेजमा आफ्नो कन्ट्याक्टमा भएका कसैसँग कुरा गर्नु छ भने पनि रिमाइण्डरलाई अनुरोध गर्न सक्नुहुन्छ ।

१७. एप्पल म्यापमा सुधार

एप्पलको आईओएस थर्टिन भर्सनमा गूगलको स्ट्रिट भ्यू जस्तै फिचर आएको छ । जसलाई लुक अराउण्ड नाम दिइएको छ ।

यसबाट तपाईंले आफूलाई प्रतिक्षा गरिरहेका जोकसैलाई आफ्नो ईटीए अर्थात् बताएको ठाउँमा आइपुग्ने समय सेयर गर्न सक्नुहुन्छ ।

१८. फिल्म र गितहरु इयरपडमा शेयर गर्न मिल्ने

साथीसँग बसेर एउटा इयरपड आफ्नो कानमा र अर्को इयरप‍ड साथीको कानमा लगाएर सुन्नु धेरै नै झन्झटिलो हुन्छ । तर आईओएस थर्टिन भर्सनमा यो समस्या छैन ।

तपाईंले आफ्नो डिभाइसलाई अर्को इयरपडमा समेत अडियो शेयर गर्ने अनुमति दिन सक्नुहुन्छ । आफ्नो अडियो शेयरलाई सेटअप गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

१९. फोटो र लिंक शेयर गर्ने स्मार्ट तरिका

कुनै पनि फोटो तथा लिंक शेयर गर्न तपाईं सधैं शेयर बटन ट्याप गर्नुहुन्छ । त्यसका लागि तपाईंले सधै आईओएसको शेयर सिट प्रयोग गर्नुहुन्छ होला ।

तर आईओएस थर्टिन भर्सन आएसँगै यो सिट थप स्मार्ट बनेको छ । अब यसले फोटो र लिंकसँगै कन्ट्याक्ट र एप समेत शेयर गर्ने सुविधा दिएको छ । 

२०. सिरीको नयाँ आवाज

एप्पलको भ्वाइस असिस्टेन्ट सिरी समेत आईओएस थर्टिनमा अपडेट भएको छ । यस अघिको अवास्तविक लाग्ने स्वचालित आवाज अब भने प्राकृतिक बनाउने अपेक्षा गरिएको छ ।

आईओएस थर्टिन भर्सनमा भएका अन्य अपडेट 

  • मेलमा थ्रेड म्युट गर्न नयाँ फन्ट र अप्सन  उपलब्ध भएको छ ।
  • ग्यालरीमा नयाँ भ्यू र शेयर फोल्डरका लागि नयाँ सपोर्ट दिइएको छ ।
  • क्यामेराको पोट्रेट मोडमा नयाँ लाइटिङ इफेक्ट थप गरिएको छ र लाइटको दिशा र ब्राइटनेसलाई नियन्त्रण गर्न सकिने सुविधा पनि छ । 
  • एप्पल कार प्लेमा नयाँ डिजाइन छ र मेन स्क्रीनमा ‘हे सर’ सपोर्ट लगायतका अन्य धेरै जानकारीहरु छन् । 

आईओएस थर्टिन भर्सनका सूक्ष्म सुधार 

  • क्यालेण्डरको इभेन्टमा अट्याचमेन्ट थप गर्न सकिने भएको छ ।
  • एप्पल म्युजिकका लागि टाइम र लिरिक्स सिंक्रोनाइज गर्न मिल्छ ।
  • माइक्राफ्ट अर्थजस्ता थ्रीडी एआर एपको सपोर्ट उपलब्ध छ ।
  • फेस आईडी अनलकिङ ३० गुणा छिटो भएको छ ।
  • एप लञ्च दुई गुणा फास्ट भएको छ । 
  • डाउनलोड ५० प्रतिशत छिटो र अपडेट ६० प्रतिशत छिटो हुन्छ ।
  • लो डाटा मोड आएको छ ।
  • किबोर्डमा ३८ नयाँ भाषा थपिएका छन् । 
  • एप अनुसार भाषा छनौटको सुविधा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१