close

एआर ग्लास कम्पनी नर्थ अब गूगलको स्वामित्वमा

टेकपाना टेकपाना

असार १८, २०७७ ११:२८

एआर ग्लास कम्पनी नर्थ अब गूगलको स्वामित्वमा

एजेन्सी । गूगलले अग्मेन्टेड रियालिटी ग्लास निर्माण गर्ने कम्पनी नर्थको स्वामित्व खरिद गरेको छ । नर्थको यो प्राविधिक कौशलले गूगललाई उसको हार्डवेयर प्रयास र वातावरणीय कम्प्युटिङमा लगानी गर्न सहयोग गर्नेछ । 

उक्त कम्पनी खरिदको रकमबारे हालसम्म गूगलले खुलासा गरेको भने छैन । तर गूगललाई स्वामित्व बिक्री गरेको नर्थले आफ्नो फोकल स्मार्ट ग्लास फंसनालिटीलाई बन्द गर्ने बताएको छ । यसको अर्थ गत वर्षमात्र एक हजार डलर लगानी गरेर खरिद गरेको पहिलो पुस्ताको चस्मालाई अब प्रयोगकर्ताहरुले प्रयोग गर्नसक्ने छैनन् । 

नर्थले गत वर्षको जनवरीमा फोकल १.० सार्वजनिक गरेको थियो  । तर सार्वजनिक गरेको केही महिनामा नै कम्पनीले उक्त चस्माको मूल्य कटौती गरेर ५९९.९९ डलर तय गरेको थियो । उक्त ग्लासमा एउटा सानो लेजर छ, जसले दृश्यलाई प्रयोगकर्ताहरुको आखाँ अगाडि ल्याएर देखाउँछ । 

उक्त फोकल चस्मामा प्रयोगकर्ताको फोनको ब्लुटुथबाट कनेक्ट हुन्छ । यसले प्रयोगकर्तालाई नोटिफिकेसन पठाउनुका साथै दिशा देखाउने र राइड शेयरिङलाई बोलाउनेसम्मको काम गर्दछ । 

गत डिसेम्बरमा कम्पनीले पहिलो जेनेरेसन बनाउन बन्द गर्ने र दोस्रो जेनेरेसनमा ध्यान केन्द्रीत गर्ने घोषणा गरेको थियो । तर अब कम्पनीको स्वामित्व बिक्री भएसँगै उसको योजना पनि बन्द भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३