close

र्‍यानको सदस्यता खुल्यो, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २९, २०७७ १८:२९

र्‍यानको सदस्यता खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले नयाँ सदस्यता खुल्ला गरेको छ । र्‍यानले २०२०/०२१ का सदस्यता खुल्ला गरेसँगै इच्छुक व्यक्तिले त्यसका लागिआवेदन दर्ता गराउन सक्ने भएका छन् ।

र्‍यानले २४ अगस्टसम्म आवेदन दर्ता गराउन भन्दै आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सूचना जारी गरेको छ । कोभिड १९ को महामारीबीच रोबोटिक्स तथा प्राविधिक समूदायमा परिवर्तन ल्याउन सक्ने सक्रिय युवाहरुले सदस्यताका लागि आवेदन दिन सक्ने र्‍यानले जनाएको छ ।

आवेदकहरुको रोलिङको आधारमा सदस्यता छनौट गरिने बताइएको छ । इच्छुक व्यक्तिहरुले यहाँ क्लिक गरी आवश्यक विवरण भरेर सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै यहाँ क्लिक गरेर ईमेलमार्फत वा ९८६००५९६०० सम्पर्क गरेर आवेदनको विषयमा थप जानकारी लिन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३