close

के हो क्वाड क्यामेरा सेटअप ?

टेकपाना टेकपाना

असार ३०, २०७७ १२:४८

के हो क्वाड क्यामेरा सेटअप ?

काठमाडाै‌ं । स्मार्टफोनको पछाडिपट्टी लेन्ससहित चार वटा क्यामेरा छन् भने यसलाई क्वाड क्यामेरा सेटअप भनिन्छ । क्वाड क्यामेरा सेटअपमा प्राइमरी लेन्स, टेलिफोटो लेन्स, अल्ट्रावाइड लेन्स र डेप्थ सेन्सर लेन्सहरु प्रयोग गरिएका हुन्छन् । यी सबैको संयोजनबाट उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न सहयोग पुग्दछ ।

यसरी गर्छ काम

क्वाड क्यामेरामा रहेका प्रत्येक लेन्स र सेन्सरको काम फरक फरक हुन्छ । यी सबै लेन्सले समग्रमा युनिक क्यामेरा फिचर प्रदान गर्दछन् । प्राइमेरी वा स्ट्याण्डर्ड लेन्सले उज्यालो र अँध्यारो दुवै दृश्यको तस्वीर लिन सहयोग गर्छ ।

यसमा भएको उच्च मेगापिक्सेल क्षमताले तस्वीरलाई उच्च गुणस्तरको बनाउँछ । विभिन्न मोबाइल ब्राण्डहरुले आफ्ना प्राइमरी लेन्सहरुमा २४, ४८ र ६४ मेगापिक्सेल प्रदान गर्दै आएका छन् ।

यस्तै टेलिफोटो लेन्सले फोन क्यामेराको जूम क्षमतालाई बढाउन सहयोग गर्दछ । यो लेन्सले तपाईंको फोटोलाई दुई गुणा, तीन गुणा, चार गुणादेखि १० गुणासम्म जूम प्रदान गर्दछ ।

यस्तै अल्ट्रा वाइड एंगल लेन्सले तपाईंको फोटोलाई पृष्ठभूमी सहित वाइड एंगलमा खिच्न सघाउँछ । यसले तपाईंको तस्वीरको ‘फिल्ड अफ भ्यू’ बढाउने काम गर्दछ ।

यस्तै क्वाड क्यामेरामा भएको डेप्थ सेन्सरले तस्वीरमा रहेको मूख्य वस्तुको तुलनामा पृष्ठभूमीको गहिराईलाई नाप्ने काम गर्दछ । यो लेन्सबाट राम्रो पोट्रेट फोटो पाउन सकिन्छ । यस्तै केही ब्राण्डहरुले चौंथो लेन्सको रुपमा मोनोक्रोम सेन्सर समेत प्रदान गर्दै आएका छन् ।

यसले ब्ल्याक एण्ड ह्वाइट अर्थात श्यामस्वेत तस्वीर लिन्छ र प्राइमरी क्यामेराले लिएको आरजीबी इमेजसँग यसलाई मिलाउँछ । जसले तस्वीरमा भाइब्रेन्ट कलर प्रदान गर्दछ । यस्तै म्याक्रो लेन्सबाट सुक्ष्म वस्तुहरुको विस्तृतरुपमा तस्वीर लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३