close

एनसेल सापटीको थप सुविधा बन्द

टेकपाना टेकपाना

साउन ३, २०७७ ८:२२

एनसेल सापटीको थप सुविधा बन्द

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले आजदेखि त्यस्तो सुविधा बन्द गरेको हो ।

एनसेलले बिना कुनै सेवा शूल्क सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु दिँदै आएको थियो । लकडाउनको समयलाई मध्यनजर गर्दै ल्याइएको सापटी अन्तर्गतको थप सुविधा बन्द हुँदा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी रहेको बताएको छ ।

सापटी सेवा अन्तर्गत एनसेलले २० रुपैयाँमा २५० एमबी डेटा र २५० एसएमएस, १० रुपैयाँमा २५० एसएमएस र पाँच रुपैयाँमा २५ एसएमएस, २५ मिनेट टकटाइम र २५ एमबी डेटा दिँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४