close

मेसिन लर्निङ र डेटा साइन्समा राष्ट्रिय स्तरको भर्चुअल वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन ५, २०७७ १९:३६

मेसिन लर्निङ र डेटा साइन्समा राष्ट्रिय स्तरको भर्चुअल वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी राष्ट्रिय स्तरको वर्कसप आयोजना हुने भएको छ । मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क (एमएलडीएसएन) नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा तेस्रो राष्ट्रिय मेसिन लर्निङ एण्ड डेटा साइन्स वर्कशप २०२० आयोजना हुने भएको हो ।

यही साउन १५ गतेदेखि १९ गतेसम्म आयोजना हुने यो कार्यक्रम पहिलो पटक भर्चुअल रुपमा हुने छ । यसअघिका संस्करणका कार्यक्रमहरु विभिन्न कलेजमा हुँदै आएकोमा कोराना भाइरसको महामारीका कारण यस वर्ष भने जूममार्फत आयोजना हुने भएको हो ।

कार्यक्रममा विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी तालिम र प्रोजेक्ट सेसन समेत सञ्चालन हुनेछ । विभिन्न विज्ञहरु समेतको सहभागीतामा छलफल कार्यक्रम समेत हुनेछ ।

जसमा नेपालको उद्योग र शिक्षा क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको सहभागीता रहने उल्लेख गरिएको छ ।छलफल नेपालमा मेसिन लर्निङ तथा डेटा साइन्सको अवसर र प्रयोगको विषयमा केन्द्रीत रहने आयोजकले जनाएको छ ।

साथै सहभागीले यस सम्बन्धी तालिम समेत प्राप्त गर्नसक्नेछन् । कार्यक्रममा सहभागी हुन निश्चित शूल्क बुझाउनुपर्नेछ ।

जसमा कार्यक्रम सुन्नका लागि सय रुपैयाँ, प्रस्तुतकर्ता र सहभागीताका लागि पाँच सय रुपैयाँ राखिएको छ । यहाँ क्लिक गरी आवश्यक विवरण भरेर कार्यक्रममा सहभागीता जनाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४