close

ह्वावेलाई ईयूले रोक लगाए चीनले नोकिया र एरिक्सनमाथि प्रतिबन्ध लगाउने

टेकपाना टेकपाना

साउन ६, २०७७ १७:५८

ह्वावेलाई ईयूले रोक लगाए चीनले नोकिया र एरिक्सनमाथि प्रतिबन्ध लगाउने

काठमाडौं । युरोपियन युनियनले ह्वावेलाई आफ्ना सदस्य मुलुकहरुमा प्रतिबन्ध लगाएको खण्डमा चीनले पनि युरोपली टेलिकम उपकरण निर्माणकर्ता कम्पनी नोकिया र एरिक्सनमाथि प्रतिबन्ध लगाउन सक्ने खबर सोमबार वाल स्ट्रिट जर्नलले लेखेको छ । अमेरिकाले प्रतिबन्ध लगाएपछि वेलायतले समेत ह्वावेलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि वाल स्ट्रिट जर्नलमा त्यस्तो खबर प्रकाशित भएको हो । 

वाल स्ट्रिट जर्नलले उक्त विषयका जानकार व्यक्तिहरुलाई उदृत गर्दै चीनको वित्त मन्त्रालयले फिनल्याण्डको नोकिया र स्विडेनको एरिक्सनको निर्यात नियन्त्रण गर्नेबारे सोचिरहेको उल्लेख गरेको छ । यी कम्पनीहरुले आफ्नो सामग्री चीनमा मिर्माण गरेर अन्य मुलुकहरुका लागि गर्यात गर्ने गरेका छन् ।

यसबीच नोकियाका प्रवक्ताले वक्तव्यमा भनेका छन्, ‘विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका हामी जस्तो विश्व स्तरको कम्पनी भूराजनीतिक वातावरणको बारेमा सचेत छौं । साथै यसले हाम्रो लागि सिर्जना गर्ने जोखिम र अवसरका बारेमा पनि हामी सचेत छौं ।’ 

गत जनवरीमा ईयुले एउटा टूलबक्स जारी गर्दै आफ्ना सदस्य मुलुकहरुमा फाइभजी रोलआउटका लागि उच्च जोखिम उत्पन्न गराउने भेन्डरसँग काम नगर्ने संकेत दिएको थियो । यद्यपी उसले ह्वावेलाई भने आफ्नो फाइजी नेटवर्क क्यारियर बन्न दिने कुरामा सहमति जनाएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४