close

अब थ्रीडी बायोप्रिन्टरबाट प्रयोगशालामा उत्पादन हुनेछ केएफसीको चिकेन नगेट्स

टेकपाना टेकपाना

साउन ७, २०७७ १५:२३

अब थ्रीडी बायोप्रिन्टरबाट प्रयोगशालामा उत्पादन हुनेछ केएफसीको चिकेन नगेट्स

एजेन्सी । केएफसीको चिकेन नगेट्स त तपाईले पक्कै खानु भएको होला । अब तपाईंले खाने चिकेन नगेट्स चाँडै केएफसीको भान्सामा होइन, प्रयोगशालामा तयार हुनेछ । केएफसीले आफ्नो ‘भविष्यको रेस्टुरेन्ट’ अवधारणा स्वरुप  चाँडै नै विश्वको पहिलो प्रयोगशालामा उत्पादित चिकेन नगेट्सको स्वाद पस्कने तयारी गर्दैछ । 

यसका लागि उसले रसियाली थ्रीडी बायोप्रिन्टिङ सोलुसन कम्पनीसँग कुराकानी अगाडि बढाएको छ । उक्त प्रविधिले चिकेन को कोशिका र प्लान्ट सामग्रीहरु प्रयोग गरेर चिकेन मिटलाई ‘प्रिन्ट’ गर्नेछ । 

प्रिन्टेड नगेट्समा आफ्नो ब्राण्डेड स्वाद दिनलाई केएफसीले उक्त बायो प्रिन्टिङ कम्पनीलाई ब्रिडिङ र मसलाजस्ता सामग्रीहरु दिनेछ । यसरी केएफसीले आफ्नो ब्राण्डेड चिकेन नगेट्सको स्वाद र टेक्सचरलाई कपी गर्नेछ । 

तर बायोप्रिन्टिङ प्रक्रियामा मासुजन्य पदार्थहरु प्रयोग हुनेहुँदा यसले शाहाकारी खाना उत्पादन नगर्ने केएफसीले जनाएको छ । केएफसीले केही रेस्टुरेन्टहरुमा शाहाकारी खाद्य सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

अमेरिकी वातावरण विज्ञान तथा प्रविधि जर्नलमा प्रकाशित एउटा  अध्ययन अनुसार परम्परागत चिकेन मिटको तुलनामा बायोप्रिन्टेड नगेट्स बढी वातावरणमैत्री हुने गर्छ । उक्त जर्नलमा बताइए अनुसार कोशिकाबाट मासु उत्पादन गर्दा यसले हरितगृह ग्याँस उत्सर्जनलाई घटाउनुका साथै परम्परागत कृषि विधिको तुलनामा ऊर्जा खपतलाई समेत घटाउँछ । 

विशेषगरी सुरुवातमा औषधीजन्य वस्तुमा  प्रयोग भएको थ्रीडी बायोप्रिन्टिङ प्रविधिले अहिले मासु जस्तो खाद्य पदार्थमा पनि लोकप्रियता कमाइरहेको छ । 

भविष्यमा यस्ता प्रविधिबाट उत्पादित चिकेन नगेट्स सस्तो हुनसक्ने थ्रीडी बायोप्रिन्टिङ सोलुसनका सहसंस्थापक युसेफ खेसाउनी बताउँछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४