close

स्मार्टफोन ह्याङ भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन १०, २०७७ १५:५४

स्मार्टफोन ह्याङ भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिलेको समयमा स्मार्टफोन हाम्रो जीवनको एक अभिन्न हिस्सा भइसकेको छ। हामी मोबाइलकै माध्यमबाट हाम्रा धेरै जसो महत्वपूर्ण कामहरू फत्ते गर्न सक्ने भएका छौं ।

तर समस्या त्यतिखेर हुन्छ, जब महत्वपूर्ण काम गरिरहँदा मोबाइल ह्याङ हुन थाल्छ । यदि तपाईं पनि यस किसिमको समस्याबाट आजित हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् । 

आज हामी तपाईंलाई यस्तो टिप्स दिँदै छौं, जसको सहयोगमा तपाईंले आफ्नो मोबाइल ह्याङ हुने समस्या कम गर्न सक्नुहुनेछ । 

आफ्नो फोनलाई ह्याङ हुनबाट रोक्न चाहनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण कुरा मोबाइलमा सकेसम्म थोरै एप मात्र राख्नुहोस् । केवल त्यस्ता एपहरु राख्नुहोस्, जुन तपाईंलाई एकदमै आवश्यक छन् । एप धेरै हुँदा फोन ह्याङ हुन थाल्छ वा ढिलो काम गर्छ भन्ने कुरा ख्याल राख्नुहोस् । 

फोन ह्याङ हुनबाट कसरी जोगाउने ?

  • सुरुमा यहाँ क्लिक गरेर फोनमा रहेको गूगल प्ले स्टोरमा जानुहोस् ।
  • अब यसमा रहेको तिन वटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
  • यति गरिसकेपछि सेटिङमा जानुहोस् र अटो अपडेट अप्सनमा ट्याप गर्नुहोस् । 
  • यसपछि तपाईंले तीन वटा विकल्प देख्नुहुनेछ। त्यसमध्ये तपाईंले डु नट अटो अपडेटमा क्लिक गर्नुहोस् । 

यसो गर्दा तपाईंको फोनमा रहेका एपहरु स्वतः अपडेट हुन पाउने छैनन् । यस्तोमा तपाईं आफैले आवश्यकता अनुसार एप अपडेट गर्नुपर्ने हुन्छ ।  यसबाट तपाईंको फोन ह्याङ हुने समस्या केही मात्रामा भए पनि कम हुन थाल्नेछ । 

फोन ह्याङ हुनबाट जोगाउन एउटा अर्को तरिका पनि छ, त्यसलाई पनि अपनाउन सक्नुहुन्छ । 

  • यसको लागि आफ्नो मोबाइलको सेटिङमा जानु होस् । त्यहाँ रहेको अबाउट फोनमा दबाउनुहोस् । फेला पार्नुभएन भने यो अप्सन सिस्टम्स भित्र हुनसक्छ ।
  • अब तपाईंले त्यहाँ बिल्ड नम्बर देख्न सक्नुहुनेछ । त्यसमा लगातार छ-सात पटक थिच्नुहोस् । 
  • ‍अब डेभलपर अप्सनमा प्रवेश गर्नुहोस् र त्यसलाई अन गर्नुहोस् । 
  • यति गरेपछि जब तपाईं डेभलपर अप्सन खोल्नुहुन्छ, त्यससँगै अनेकौं अप्सनहरु देख्न सक्नुहुनेछ ।
  • अब यसमा रहेका विण्डो एनिमेसन जूम, ट्रान्जिसन एनिमेसन स्केलएनिमेटर ड्युरेसन स्केल तीन वटैलाई बन्द गरिदिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०