close

ब्रेकिङः सरकारको मुख्य सर्भर नै डाउन, ८ सयभन्दा बढी वेबसाइट बन्द

टेकपाना टेकपाना

साउन ११, २०७७ १३:२३

ब्रेकिङः सरकारको मुख्य सर्भर नै डाउन, ८ सयभन्दा बढी वेबसाइट बन्द

काठमाडौं । सिंहदरबार स्थित सरकारको मूख्य सर्भर डाउन हुँदा सरकारका आठ सयभन्दा बढी वेबसाइटहरु बन्द भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेलका अनुसार केन्द्र नजिकै रहेको ट्रान्सफर्मर बिस्फोट हुँदा शनिबार देखि नै सर्भरमा देखिएको समस्या समाधान हुन नसकेको हो ।

शनिबार प्रधानमन्त्रीकार्यालय, अर्थमन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र र लोक सेवा लगायतका केही साइट मात्र बन्द भएको भए पनि आइतबार भने सबै सरकारी वेबसाइटहरु बन्द भएका छन् ।

सरकारको ट्याक्स पेयर पोर्टलदेखि महत्वपूर्ण तथा सम्वेदनशील वेबसाइटहरु समेत बन्द हुँदा सिंगो सरकारी सिस्टम नै अस्तव्यस्त हुन पुगेको छ । सूचना अधिकारी पोखरेलले जेनेरेटरको ब्याट्री फेर्ने कार्य सकिए पनि डीएनएस सर्भर सञ्चालनमा ल्याउन नसकिएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०