close

फक्स स्पोर्ट्सको लाइभमा यसरी देखिंदैछन्, भर्चुअल फ्यान

टेकपाना टेकपाना

साउन १२, २०७७ १२:४८

फक्स स्पोर्ट्सको लाइभमा यसरी देखिंदैछन्, भर्चुअल फ्यान

काठमाडौं । बेसबलका खेल पुन: सुरु भएका छन् । तर कोभिड १९ बाट ग्रसित विश्वमा अहिले एमएलबी अर्थात् मेजर लिग बेसबलका स्टेडियमहरु सुनसान छन् । खेलाडीहरुलाई हौसला दिन चिच्याउने भिड आजभोलि स्टेडियममा देख्न पाइँदैन ।

तर तपाईंले फक्स स्पोर्ट्समा भने छुट्टै स्टेडियम देख्नु हुनेछ । गएको सप्तान्तदेखि फक्स स्पोर्ट्सले एमएलबी ब्रोडकास्टमा फेक फ्यान अडियो र डिजिटल प्रविधिबाट विकास गरिएका भर्चुअल फ्यानहरु प्रयोग गरिरहेको छ ।

एमएलबीले ३० वटै टिमको लागि स्टेडियममा फेक फ्यान अडियो, ईन स्टेडियम कमेन्टेटर र वाक अप म्युजिकको व्यवस्था गरेको छ । तर फक्स स्पोर्ट्सले भने ती खेलहरु प्रसारण गर्दा भर्चुअल फ्यान समेत सिर्जना गर्ने गरेको छ । 

‘हामी भिडमा विश्वास गर्छौं र हाम्रो प्रसारणमा उनीहरुले सिटमा बसेर गेम हेरिरहेको दृश्य देख्न चाहन्छौं । ठूल्ठूला लिगहरुको खेलमा हामी यसरी नै प्रशारण गर्नेछौं,’ फक्स स्पोर्ट्सका प्रडक्सन अपरेसन हेड तथा कार्यकारी प्रोड्युसर ब्राड जागर भन्छन् ।  

यसरी भर्चुअल फ्यान सिर्जना गर्नु कुनै ठगी नभएर गेमको एउटा महत्वपूर्ण हिस्सा भएको उनी बताउँछन् । यसरी भर्चुअल भिड सिर्जना गर्ने स्टेडियममा देखिने खालीपनबाट दर्शकको ध्यान हटेर खेलमा केन्द्रीत हुने उनको विश्वास छ । 

एमएलबीले पिक्सोटोप  नामक अग्मेन्टेड रियालिटी सफ्टवेयर प्रयोग गरेर खेलको भिडियोमा भिड सिर्जना गर्ने काम गर्दछ । पिक्सोटोपले सुपर बावल जस्तो वार्षिक च्याम्पियनशिप खेलमा समेत एआर ग्राफिक्समा काम गरिसकेको छ । वेदर च्यानलमा डरलाग्दो तूफानसम्बन्धी चेतावीको भिडियोमा समेत यो सफ्टवेयर प्रयोग भएको थियो ।  

एपिकको गेम इञ्जिन अनरियल इञ्जिनमा क्रियटिभ एजेन्सी सिल्भर स्पुनले ग्राफिक्स प्रयोग गरेर यसको विकास गरेको हो । द माण्डोरियन जस्तो शोमा समेत अनरियल इञ्जिनले भर्चुअल अनसेट ब्याकग्राउण्ड बनाएको छ । अन्य फिल्म ग्राफिक्सले पोस्ट प्रडक्सन ग्राफिक्सहरु बनाउने गर्छन् । तर अनरियलले भने लाइभ टेलिभिजनमा पनि रियल टाइम नै यस किसिमको इफेक्ट तथा ग्राफिक्स प्रदान गर्दै आएको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०