close

गुगल क्रोम ब्राउजरका महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

असोज १४, २०७६ २०:१५

गुगल क्रोम ब्राउजरका महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

यदि तपाईं कम्युटर, ल्याप्टप लगाएतका डिभाइसमा क्रोम ब्राउजरको प्रयोग गर्नुहुन्छ भने तपाईले त्यसमा भएको केहि सुविधाको बारेमा थाहा पाउन जरुरी छ । हामी सामान्यतया क्रोम खोल्ने र आफुलाई आवश्यक पर्ने बिषयबस्तु खोज गर्ने भन्दा अन्य काम क्रोममा गर्दैनौं । तर क्रोमभित्र त्यस्ता सुविधाहरु उपलब्ध छन, जसको प्रयोग गर्न जानेको खण्डमा तपाईको ब्राउजिङ पनि छिटो र मजेदार हुनेछन ।

गुगल आफ्नो बेटा प्रोजेक्टका लागि पनि चिनिन्छ। त्यसकाे एउटा उदाहरण हो जिमेल । जिमेल आज गुगलको आधारशिला बन्नु अघि सुरुका पाँच वर्ष बेटा प्राजेक्टको रुपमा रहेको थियो । त्यस्तै अन्य उत्पादन गुगल रिडर पनि लामो समयसम्म बेटा प्राजेक्टकै रुपमा थियो । तर, गुगल रिडर जिमेल जस्तो सफल हुन भने सकेन र अन्ततः बन्द हुन पुग्यो ।

गुगलको एउटा राम्रो पक्ष के हो भने आफ्नो प्रयोग र अनुभवले मात्रै कुनै पनि प्राडेक्टको फाइनल रिजल्ट आउन सक्दैन भनी ठुलो प्रयोगकर्तामाझ त्यसको परिक्षण गर्छ । र प्रयोगकर्तालाई कुनै पनि प्रोडक्टमा भइरहेको कामको बारेमा सोच्न बाध्य बनाउँछ ।

आज हामी गुगलको एउटा महत्वपूर्ण प्रोडक्ट क्रोमका केहि लुकेका विषेशताको बारेमा जानकारी गराउँने छौं । त्यसको सुरुवात ‘गुगल क्रोम एक्सपेरिमेन्ट’ बाट गराैँ । जब तपाईं गुगलको क्रोमको एक्सपेरिमेन्ट सेक्सनमा पुग्नु हुनेछ, तपाईलाई लाग्न सक्छ तपाईं क्रोमको अनौंठा र अद्भुत संसारमा प्रवेश गर्नु भएको छ । त्यसका लागि सुरुमा क्रोम ब्राउजरमा गएर ‘chrome://flags/’ टाइप गुर्नहोस् । त्यसमा तपाईंलाई विभिन्न, ट्रिक्स, एक्टेन्सन, विभिन्न ह्याक्सहरु उपलब्ध गराइएको छ । आफुलाई मनपर्ने फिचरलाई इनेवल गरी आनन्द लिन सक्नुहुनेछ ।


अब क्रोमको ट्यावको विषयमा कुरा गरौं । क्रोमका ट्यावमा विभिन्न ट्रिक्सहरु छन् । जसको प्रयोग अबको दिनमा तपाईंले निरन्तर रुपमा गर्नुहुनेछ ।

ट्याव होभर कार्ड

यदि तपाईंले क्रोममा एकै पटक धेरै ट्याव खोल्नु भएको छ भने खोलिएका ट्याव मध्ये कुनमा के खोलिएको छ भन्ने पत्ता लगाउन समस्या पर्नसक्छ । त्यसका लागि क्रोमले उक्त ट्यावमा माउसको क्रसर पुर्याएसँगै सानो अक्षरमा जानकारी गराउने टुलकिट दिएको छ । उक्त टुलकिट उपलब्ध भएतापनि यसमा पढ्न असहज हुन्छ । त्यसका लागि chrome://flags/#tab-hover-cards मा गएर त्यसलाई इलेवल गरेको खण्डमा उक्त टुलकिट ठुलो र पढ्न सहज हुने खालको हुनेछ ।

ट्याव होभर कार्ड इमेज

तपाईंले एक्सपेरिमेन्ट सेटिङमागएर होभर कार्डको अर्को सुविधा पनि प्रयोग गर्न सक्नु हुनेछ । त्यसकालागि ‘chrome://flags/#tab-hover-card-images’ मा उक्त फिचरलाई इनेवल गर्दा क्रोमको ट्यावमा तपाईंले प्रयोग गर्नु भएको सबैभन्दा पछिल्लो कन्टेन्टको तस्बिर सहितको थमनेल देख्न सक्नुहुनेछ । यो तपाईंलाई प्रयोगको लागि सहज भएतापनि त्यति आकर्षण भने हुँदैन । यदि तपाईले उक्त ट्यावमा यसअघि कुनै कन्टेन्ट खोल्नु भएको छैन भने थमनेल खालि देखाउँछ ।

ट्याव ग्रुप

क्रोमको यो एउटा आकर्षण फिचर हो । यदि तपाईं आफ्नो ट्यावलाई ग्रुपमा मिलाएर राख्न चाहानुहुन्छ भने यसलाई इलेवल गर्न सक्नुहेनछ । त्यसको लागि ‘chrome://flags/#tab-groups feature’ मा गएर फिचर इनेवल गर्नुपर्छ । जब यो इलेवल हुन्छ तपाईले ट्यावमा नयाँ मेन्यु देख्नुहुनेछ । जहाँ ‘एड टु न्यु ग्रुप’ रहेको छ । त्यसमा तपाईले क्लिक गर्नु भयो भने ब्राउजरमा ग्रुप इन्डिकेटर देख्नुहुनेछ । त्यसलाई तपाईले आफ्नो आवश्यक्ताअनुसार रंग छनोट गरेर मिलाउन पनि सक्नुहुनेछ । जब तपाईंको एक वा एक भन्दा बढी ग्रुप हुन्छ । तपाईंले ट्यावलाई उक्त ग्रुपमा असाइन गर्न सक्नुहुनेछ । तपाई‌ले उक्त ग्रुपमा भएको ट्याव हटाउन पनि सक्नुहुन्छ ।

सेन्ड ट्याव टु सेल्फ


अर्को एउटा सानो परिक्षण ‘सेन्ड ट्याव टु सेल्फ’ हो । यो गुगलको परिक्षणबाट पास भएर अहिले क्रोमको नयाँ भर्सन ७७ को एउटा महत्वपूर्ण पार्ट बनी सकेको छ । जसलाई अहिले ‘सेन्ड टु डीभाईस’ भनेर प्रयोग गरिएको छ । त्यसको लागि ट्यावमा राईट क्लिक गरि सोहि इेमलमार्फत लगईन भएको अर्को डिभाइस छनोट गर्न सक्नुहुनेछ । जब तपाईले अर्को डिभाइस छनोट गरेसँगै तपाईको अर्को डिभाइसमा नोटिफिकेसन जान्छ । जब तपाईले उक्त नोटिफिकेसनमा क्लिक गर्नुहुन्छ । तपाईंले सहजै त्यहि ट्याव खोल्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३