close

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा २ महिनासम्मको सेवा निःशूल्क, साथमा प्रभु टीभी पनि

टेकपाना टेकपाना

साउन २०, २०७७ १६:२९

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा  २ महिनासम्मको सेवा निःशूल्क, साथमा प्रभु टीभी पनि

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘रिफर’ अफर सार्वजनिक गरेको छ । विद्यमान प्रयोगकर्ताले अर्को व्यक्तिलाई कम्पनीको इन्टरनेट प्रयोग गर्न रिफर गर्दा कम्पनीले दुई महिनाको सेवा निःशूल्क उपलब्ध गराउने भएको हो ।

यस योजना अन्तर्गत हाल कम्पनीकै इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ जडानका लागि रिफर गर्न सक्नेछन् । रिफर गरिएको व्यक्तिले एक वर्षको लागि इन्टरनेट जडान गरेको खण्डमा कम्पनीले रिफर गर्ने व्यक्तिलाई दुई महिनासम्म इन्टरनेट सेवा निःशूल्क उपलब्ध गराउनेछ ।

एन्ड्रोइडका लागि गूगल प्ले स्टाेर र आईफोनका लागि एप स्टाेरबाट क्लासिक टेकको मोबाइल एप डाउनलोड गरी कम्पनीको रिफर अफरमा सहभागी हुन सकिनेछ ।

रिफर कसरी गर्ने ?
  • रिफर गर्नका लागि सुरुमा कम्पनीले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी क्लासिक टेकको मोबाइल एपमा लग ईन गर्नुहोस् ।
  • लग ईन गरेसँगै त्यहाँ रहेको रिफर नामक ‘ट्याब’ देख्न सक्नुहुनेछ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।
  • यससँगै नयाँ पेज खुल्नेछ । पेजमा रिफर गर्ने व्यक्तिको विवरण भर्नुहोस् र अन्त्यमा रहेको ‘सबमिट’ बटनमा क्लिक गर्नुहोस् ।

यसरी रिफर गर्दा रिफर गरिएको व्यक्तिले इन्टरनेट जोडेको खण्डमा दुई महिनासम्म निःशूल्क इन्टरनेट सेवाका साथै प्रभु टीभी समेत निःशूल्क प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३