close

सातै प्रदेशमा अन्तर्राष्ट्रिय ओलम्पियाडको डिजिटल सेमिनार हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन २४, २०७७ १३:३६

सातै प्रदेशमा अन्तर्राष्ट्रिय ओलम्पियाडको डिजिटल सेमिनार हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । विज्ञान विषयका प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ डिजिटल सेमिनार आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगितामा विद्यार्थी सहभागिताको दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) सँगको सहकार्य तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सातै प्रदेशमा सेमिनार सञ्चालन गरिनेछ । कार्ययक्रममा विज्ञान शिक्षक समाज नेपाल (एसटीएएन), त्रिभुवन विश्वविद्ययालय विज्ञान अनुसन्धान केन्द्र (रेकास्ट), यूनिग्लोब कलेज, भिरिञ्ची कलेज, प्याब्सन, एनप्याब्सन, एभरेष्ट वर्ल्ड स्कूलले गरी ७ विभिन्न संघसंस्थासँगको समेत साथ रहेको छ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्नुपर्नेछ । यस बाहेक फाउण्डेसनको वेबसाइट तथा फेसबुक पेजमाबाट समेत रजिस्ट्रेसन गर्न सकिनेछ ।

 फाउण्डेसनका अनुसार प्रदेश १, , बाग्मती, गण्डकी, प्रदेश५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः साउन २६, ३०, ३२ तथा भदौ २, ४ र ७ गते कार्यक्रम आयोजना हुनेछ । कार्ययक्रमको दिउँसो साढे १२ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन हुनेछ ।

सेमिनारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल,  सम्बन्धित प्रदेशका सामजिक बिकास मन्त्री, पूर्व विज्ञान मन्त्री गण‍ेश शाह लगायतको सहभागीता रहने बताइएको छ ।

भौतिक विज्ञान विषयबाट पहिलोपटक नेपालले अन्तर्राष्ट्रिय ओलम्पियाडको प्रतिस्पर्धामा उपस्थिति जनाइसकेको छ । गणित, खगोलशास्त्रहुँदै जीव विज्ञान, रसायनशास्त्रहुँदै एकदर्जन जति अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको उपस्थिति रहेको छ । जसमार्फत विभिन्न सम्मान, पुरस्कार र पदक समेत हात लागेका छन् ।

विगतमा विज्ञान विषयमा मात्र नेपालको सहभागिता रहँदै आएकोमा पछिल्लो समय अन्य विषयका ओलम्पियाडमा समेत सहभागीता हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३