काठमाडौं । ट्वीटर लगायतका सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘विनोद’ ट्रेण्डिङमा छ । अब तपाईंलाई लाग्न सक्छ, विनोद पनि कुनै ट्रेण्डिङमा आउनुपर्ने विषय हो ?
तर केही दिनयता यो शब्द ट्वीटरमा टप ट्रेण्डिङको लिस्टमा छ । #Binod (ह्यास ट्याग विनोदमा) अहिलेसम्म दशौं हजार ट्वीट भइसकेका छन् । अहिले यसको चर्चा सबैतिर छाएको छ ।
प्रशिद्ध कम्पनीहरु पनि अब यही ट्रेण्डिङलाई उपयोग गर्दै आफ्ना पोस्टहरु शेयर गरिरहेका छन् । ट्वीटर र फेसबुकमा विनोदसँग जोडेर अनेकौं मिम्सहरु आइरहेका छन् ।
अहिले यो शब्द सोसल मिडिया पोस्ट, मिम्स तथा कुनै पनि पोस्टको कमेन्ट सेक्सनमा जताततै देखा परिरहेको छ । तर तपाईं हामी मध्ये कतिपयलाई थाहा छैन कि आखिर यो ट्रेण्डिङमा रहेको ‘विनोद’ को हो र एकाएक कसरी ट्रेण्डिङमा आयो ?
विनोदको पुरा नाम हो विनोद थारु । जसको एउटा युट्युव च्यानल छ, तर त्यसमा कुनै भिडियो भने छैन । उनको युट्युव गतिविधि पनि सीमित छ । उनी अरुको भिडियोमा गएर आफ्नो नाम ‘विनोद’ लेख्छन् ।
हालसालै स्ले पोइन्ट नामक युट्युव च्यानलले एउटा भिडियो बनायो । जसमा युट्युव च्यानलहरुमा आउने कमेन्टहरु कति अर्थहीन हुनसक्छन् भन्ने विषयमा रोस्ट गरिएको थियो । भिडियोमा देखिने अनुहार अभ्युदय मोहन र गौतमी कवालेको ध्यान युट्यव च्यानलको एउटा कमेन्टमा जान्छ ।
त्यो कमेन्ट अरु केही नभएर एउटा नाम ‘विनोद’ लेखिएको थियो । एकाएक उनीहरुले बनाएको भिडियो भाइरल भयो । अनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नै सोसल मिडिया पोस्ट र कमेन्टमा ‘विनोद’ लेख्दै यसलाई ट्रेण्डिङमा पुर्याइदिए ।
यसरी ह्यास ट्याग विनोद लेखिएका पोस्ट तथा कमेन्टको बाढी नै आउन सुरु भयो र यो नाम नै ट्रेण्डिङ बन्यो । यसरी एकाएक विनोद भाइरल हुन कुनै समय नै लागेन ।
यो शब्द यति धेरै भाइरल भयो कि स्वीग्गी, टिण्डर, नेटफ्लिक्स, पेटीएम जस्ता ब्राण्डहरु समेत यही भाइरल नामसँग जोडेर पोस्ट गर्न थाले ।
यस्तैमा गब्बरसिँह नामका एकजना ट्वीटर प्रयोगकर्ता फिनटेक स्टार्टअप कम्पनी पेटीएमलाई ट्वीटरको युजर नेम परिवर्तन गरेर विनोद राख्न सक्नुहुन्छ भन्दै प्रश्न गर्छन् । पेटीएमले क्षणभरमै अनुरोध स्वीकार गर्दै तत्कालै आफ्नो युजर नेम नै विनोद राखिदिन्छ ।
प्रशिद्ध स्ट्रिमिङ प्लेटफर्महरु डिज्ने प्लस हटस्टार पनि यो नामसँग जोडेर मिम्स राख्न थाल्यो ।
We know you have a #Binod meme too. Tell us in the comments. pic.twitter.com/tFPUlO0clm
— Disney+ Hotstar (@DisneyPlusHS) August 7, 2020
खाना अर्डर गर्न मिल्ने एप स्वीग्गी आफ्नो वार्षिकोत्सव मनाइरहेको थियो । अनि उसले ट्वीट गर्यो, ‘हामी सोचिरहेका छौं हामीलाई आज राती १२ बजे कल गरेर शुभकामना दिने पहिलो व्यक्ति विनोद हुनेछ ।’
We think Binod will be the first person to call and wish us at 12 tonight.
— Swiggy (@swiggy_in) August 7, 2020
यस्तैमा नेटफ्लिक्स इण्डियाले पछिल्लो एक वर्षदेखि आफ्ना हरेक ट्वीटमा कमेन्ट गर्ने पात्र भन्दै अर्मानको प्रसंसामा ट्वीट लेख्यो । एयरटेल इण्डियाले आफ्ना फलोअरलाई हरेक कल रिसिभ गर्दा ‘अँ विनोद भन’ बाट कुरा सुरु गर्न र प्राप्त हुने प्रतिक्रियालाई कमेन्ट गर्न आग्रह गर्दै भन्दै ट्वीट गर्यो ।
Receive every call with “Haan #Binod Bol”
— airtel India (@airtelindia) August 7, 2020
Comment and tag us with their reactions?
अमेजन प्राइम भिडियो इन्डिया पनि यही ट्रेण्डिङमा जोडियो । यति मात्र होइन, मुम्बई पुलिस समेत यसैमा होमियो । विनोदसँग जोड्दै अनलाइन सुरक्षा सम्बन्धी सचेतना फैलाउँदै उसले ट्वीट लेख्यो, ‘डियर विनोद हामी आशा गर्छौं, तिम्रो नाम तिम्रो अनलाइन पासवर्ड होइन ।
Dear #binod , we hope your name is not your online password. It’s pretty viral, change it now! #OnlineSafety
— Mumbai Police (@MumbaiPolice) August 7, 2020
अहिले यो निकै भाइरल भइरहेको छ, पासवर्ड तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् है !’ नागपुर सीटी पुलिसले विनोद ‘तिमी भाइरल भए पनि तिम्रो सुरक्षा महत्वपूर्ण छ, तिमीभन्दा कोरोना नै बढी चर्चामा छ, त्यसैले स्टे होम, स्टे सेफ’ भन्दै ट्वीट गर्यो ।
Dear #binod, we know you have gone very viral, But your safety is important. corona is more famous than you so stay home, stay safe.#SafetyFirst
— Nagpur City Police (@NagpurPolice) August 8, 2020
यसैगरी अनेक ब्राण्ड, सेलिब्रिटी, प्रहरी सबैले विनोद ह्यासट्यागमा पोस्टहरु गर्दै गए । भारतको यो ट्रेण्ड क्रमशः नेपाल समेत छिर्यो ।
Our country GM @1sourabhkothari know who is real #binod. RT, if you think he is right! https://t.co/ghOulO3H5z
— Xiaomi Nepal for #MiFans (@XiaomiNepal) August 11, 2020
नेपाली ब्राण्ड तथा प्रयोगकर्ताहरुले समेत यो शब्दको भरपुर प्रयोग गरेर रमाइलो गरिरहेका छन् ।
यसरी कोरोनाको महामारीले एक प्रकारको तनावमा रहेका प्रयोगकर्ताले एउटा अर्थहीन कमेन्टलाई अर्थपूर्ण सन्देश प्रवाह र मनोरञ्जनको गतिलो माध्यमको बनाए ।
Hello, Binod out there.. How are you handling the fame?#Binod#NepaliBrandsinTwitter #Nepal pic.twitter.com/Y6cxHylWLO
— Khalti Official (@KhaltiOfficial) August 8, 2020
विनोदले सर्वाधिक न्यून वार्षिक ८.२५% ब्याजदर तथा ०.२५% प्रशासनिक शुल्कमा सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन दिएर ४८ घण्टामै कर्जाको निर्णय पनि पाउनुभयो। तपाईले पनि सुलभ कर्जा लिई व्यवसायको लगानी कम गर्न विनोदले जस्तै स्मार्ट निर्णय कहिले लिने?#nicasiabank #binod #smart #loan pic.twitter.com/4QDIE8qPpU
— NIC ASIA BANK (@nic_asia_bank) August 11, 2020
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
