close

ईसेवाले घटायो एनसेल रिचार्जको क्यासब्याक

टेकपाना टेकपाना

साउन ३२, २०७७ २२:०

ईसेवाले घटायो एनसेल रिचार्जको क्यासब्याक

काठमाडौं । ईसेवा डिजिटल वालेट एनसेलको टपअप तथा रिचार्ज गर्दा पाइने क्यासब्याक घटेको छ । भदौ १ देखि लागु हुने गरी एनसेलको रिचार्जमा ईसेवाले यस अघि दुई प्रतिशत दिँदै आएको क्यासब्याक अब एक प्रतिशत मात्र दिने भएको हो ।

यसको अर्थ अब एनसेलका प्रयोगकर्ताले ईसेवाबाट सय रुपैयाँको रिचार्जका लागि ९९ रुपैयाँ तथा हजारको रिचार्जका लागि ९९० रुपैयाँ तिर्नुपर्ने छ । यस अघि सय रुपैयाँको रिचार्जका लागि ९८ रुपैयाँ तथा हजार रुपैयाँका लागि ९८० रुपैयाँमात्र तिर्नुपर्ने हुन्थ्यो ।

एनसेलको रिचार्जमा प्राप्त हुने क्यासब्याक रकम घटे पनि अन्य सेवाप्रदायकको रिचार्जमा प्राप्त हुने क्यासब्याक रकम भने कायम रहेको ईसेवाले जनाएको छ ।

हाल कम्पनीले नेपाल टेलिकम र स्मार्ट टेलिकमको रिचार्जमा दुई प्रतिशत क्यासब्याक उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०