close

अन्त्य हुँदै इन्टरनेट एक्सप्लोरको २५ वर्षे यात्रा

टेकपाना टेकपाना

भदौ ३, २०७७ १४:२२

अन्त्य हुँदै इन्टरनेट एक्सप्लोरको २५ वर्षे यात्रा

काठमाडौं । माइक्रोसफ्टको उत्पादनको रुपमा रहेको इन्टरनेट एक्सप्लोरको प्रयोग हामी सबैले गरेको हुनेपर्छ । इन्टरनेटको सुरुवाती चरणमा सर्चिङ ब्राउजरको रुपमा सबैभन्दा बढी प्रयोग हुने ‘इन्टरनेट एक्सप्लोर’ को २५ वर्षे यात्रामा अब भने पूर्ण बिराम लाग्ने भएको छ ।

यसको प्रयोगमा सबैको आ–आफ्नै अनुभव छन् । तर, पछिल्लो समय अन्य ब्राउजरले पाएको लोकप्रियताका कारण प्रयोगकर्ता गुमाउँदै गएका कारण कम्पनीले यसलाई बन्द गर्ने अप्रिय निर्णय लिएको हो ।

माइक्रोसफ्टले १७ अगस्ट २०२१ बाट यसका लागि सर्पोट दिन बन्द गर्ने छ । माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट ३६५ एप एण्ड सर्भिसले आगामी वर्षबाट इन्टरनेट एक्सप्लोरलाई सर्भिस उपलब्ध गराउने छैनन् ।

यसको विकल्पको रुपमा कम्पनीले पछिल्लो केही वर्षदेखि माइक्रोसफ्ट एजलाई अघि बढाएको छ । जुन अहिले विश्वको दोस्रो ठूलो वेब ब्राउजरको रुपमा स्थापित भइसकेको छ ।

सन् २०१५ मा कम्पनीले गूगल क्रोमको लागि बनाइएको क्रोमियम ओपन सोर्समार्फत माइक्रोसफ्ट एज बनाएको थियो । जसमा इन्टरनेट एक्सप्लोरको तुलानामा धेरै फिचर रहेका छन् । साथै यो प्रयोगकर्ता मैत्री समेत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०