close

अब गूगल असिस्टेन्टबाटै अडियो म्यासेज पठाउन मिल्ने

टेकपाना टेकपाना

भदौ ३, २०७७ २१:२९

अब गूगल असिस्टेन्टबाटै अडियो म्यासेज पठाउन मिल्ने

काठमाडौं । गूगलले गूगल असिस्टेन्ट सर्भिसमा केही नयाँ विकास गरेको छ । ती मध्ये एउटा पूर्णरुपमा नयाँ छ । 

यो नयाँ विकास अन्तर्गत गूगल असिस्टेन्टबाट अब अडियो म्यासेज पठाउन सकिने भएको छ ।जून एकदमै छिटो र छरितो छ ।

कुनै पनि म्यासेजिङ एप खोलेर माइक्रो फोन होल्ड गरिरहनुको साटो अब तपाईंले सजिलै गूगल असिस्टेन्टलाई म्यासेज कम्पोज गर्न आग्रह गरेर भ्वाइसबाट अडियो म्यासेज पठाउन सक्नुहुन्छ । 

माइक आइकनलाई नथिचेरै एन्ड्रोइड स्मार्टफोनबाट यसरी अडियो म्यासेज पठाउन अब सम्भव हुनेछ । यसका लागि ‘हे गूगल, सेन्ड एन अडियो म्यासेज’ वा ‘हे गूगल सेन्ड एन अडियो म्यासेज टु विनोद आईएम अन द वे’ भन्नुहोस् । यति गरेपछि तपाईंको म्यासेज डेलिभर हुनेछ । 

यो फिचर अहिले अंग्रेजी भाषी मुलुकहरुमा मात्र उपलब्ध छ । यसबाहेक पोर्चुगल र ब्राजिलमा पनि यो फिचर उपलब्ध छ । अन्य मुलुकमा क्रमशः सुरु गरिने गूगलले जनाएको छ ।

यो फिचर धेरैले एसएमएस र ह्वाट्सएपमा परीक्षण गरेका छन् । तर अधिकांशले यसलाई सन्तोषजनक पाएनन् । 

यसबाहेक गूगलले यसअघि ल्याएको रिड अलाउड फिचर टू असिस्टेन्ट पनि पुनः हाइलाइट गरेको छ । जसमा यो असिस्टेन्टले वेबपेजहरुलाई आफै पढ्ने काम गर्दछ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३