काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले याे वेबसाइट ह्याक गरी आफ्नो लोगो अपलोड गरेको छ ।
ह्याकरले वेबसाइटमा बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकाे तस्वीर अपलाेड गर्दै ‘सात सय ५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझ मौन छ । हामी निर्मला पन्तको न्याय चाहन्छौं,’ भन्ने सन्देश छाेडेकाे छ ।
आवश्यक सुरक्षाका विधि अपनाउन नसक्दा नेपालका सरकारी निकायका वेबसाइट बारम्बार ह्याकरको निशानामा पर्दै आएका छन् ।