close

ल्याटिन अमेरिकी बजारमा स्मार्टफोन विस्तार गर्दै ओप्पो

टेकपाना टेकपाना

भदौ १२, २०७७ १५:२८

ल्याटिन अमेरिकी बजारमा स्मार्टफोन विस्तार गर्दै ओप्पो

काठमाडौं । ओप्पो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै अब मेक्सिकन र ल्याटिन अमेरिकी बजारमा ओप्पो स्मार्टफोन अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारोमार्फत उपलब्ध हुनेछ ।

ल्याटिन अमेरिकाका साथै विश्वव्यापी बजार विस्तारका लागि याे साझेदारीले ओप्पोको ठूलो सफलताको प्रतिनिधित्व गर्ने दाबी गरिएकाे छ ।

‘अमेरिका मोभिलसँग रणनीतिक साझेदारीमार्फत स्थानीय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रा लागि निकै गौरवको विषय हो,’ ओप्पोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।

अमेरिका मोभिलसँगको यस साझेदारीले ओप्पोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गर्ने कम्पनीकाे अपेक्षा रहेकाे उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०