काठमाडाैं । ह्वावेका पछिल्ला डिभाइसहरुमा गूगल प्ले स्टोरको एक्सेस छैन । यसकाे विकल्पकाे रूपमा कम्पनीले आफ्नै स्टोर ह्वावे एप ग्यालरी ल्याएको छ ।
त्यसो त गूगल प्ले स्टाेर र एप्पल एप स्टाेरमा जस्ताे धेरै र महत्वपूर्ण एप याे स्टाेरमा उपलब्ध छैनन् ।अमेरिकी कम्पनीहरूले सहकार्य तोडेपछि ह्वावेका स्मार्टफाेन प्रयाेगकर्तामा निश्चय नै निराशमा छन् ।
प्रयाेगकर्ताले धेरै नै मिस गरेकाे एक एप थियाे, गूगल म्याप । म्यापकाे कुनै सेवा नहुँदा ह्वावेका स्मार्टफाेन खल्लाे लाग्न थालेका थिए ।
बिहीबार कम्पनीले म्यापकाे उचित विकल्प ल्याएर आएको छ, टमटम गाे । टमटम गाेले आफ्नाे नेभिगेसन एप ह्वावे एप ग्यालरीमा स्टाेर गरेकाे छ ।
नेदरल्याण्डकाे लाेकेशन टेक्नाेलाेजी कम्पनी टमटमले म्यापिङ टूल र सर्भिसमा काम गरिरहेकाे छ । थ्रीडी म्याप सर्भिस सहित ह्रावेमा टमटम गाे एप लञ्च भएसँगै गूगल म्यापकाे राम्राे विकल्प हुने विश्वास कम्पनीले लिएकाे छ ।
याे एप्लिकेसनमा सुरूमा अफलाइन प्रयाेगका लागि केही म्याप डाउनलाेड गर्नुपर्ने हुन्छ । यसले घर र कार्यालयकाे ठेगाना राख्ने सुविधा दिन्छ ।
साथमा गूगल म्यापले नदिएका केही मौलिक फीचरहरू पनि यसमा समावेश छन् । टमटमले यसकाे गाे नेभिगेशन एप ह्वावेकाे एप ग्यालरी सहित प्ले स्टाेर र एप्पल एप स्टाेर जस्ता ठूला एप प्लेटफर्ममा पनि राखेकाे छ ।
याे फीचर लिन ३० दिनकाे नि:शुल्क ट्रायल प्राप्त गर्न सकिन्छ । त्यसपछि भने सेवा प्रयाेग गर्न पैसा लाग्छ ।