काठमाडौं । हिजो मात्रै भारतीय सरकारले चर्चित गेम पब्जीसहित ११८ चिनियाँ एपमाथि प्रतिबन्ध गरेको थियो । पब्जी प्रतिबन्ध भएको दोस्रो दिन एनकाेर गेम्स नामक गेम निर्माता कम्पनीले नयाँ गेम ‘फाैजी’ चाँडै ल्याउने घोषणा गरेकाे छ ।
भारतीय गेम पारखीका लागि याे खुसीको खबर हुनसक्छ । यदि त्यहाँका गेमरहरूले पब्जी गेम मिस गरिरहेका छन् भने उनीहरूका लागि याे फौजी (फियरलेस एन्ड यूनाइटेड : गार्डस) गेम आउँदै छ ।
In response to PM @narendramodi call of #AtmaNirbharApp, @nCore_games is proud to announce our action game Fearless And United: Guards FAU:G with mentorship from @akshaykumar 20% of net revenues donated to @BharatKeVeer trust for India's Bravehearts #JaiHind #FAUG #gaming pic.twitter.com/OZTKj2mdFl
— Vishal Gondal (@vishalgondal) September 4, 2020
फौजी नामको यो एप बलिउड नायक अक्षय कुमारको मेन्टरसिपमा बन्ने छ, जुन एक मल्टीप्लेयर एक्सन गेम हुनेछ । पब्जीको टक्करमा आउने दाबी गरिएकाे याे पूर्ण रुपमा भारतीय गेम हुनेछ ।
यो गेम प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर एपलाई समर्थन गर्दै आउन लागेको जनाइएको छ । जसको कमाईको २० प्रतिशत भारतकाे वीर ट्रस्टमा जाने बताइएको छ ।
याे गेमबारे धेरै जानकारी आइसकेको छैन । तर टिजरलाई आधार मान्दा यो गेम पनि पब्जीजस्तै प्लेयर भर्सेस मल्टीप्लेयर सुटर गेम हो ।
Supporting PM @narendramodi’s AtmaNirbhar movement, proud to present an action game,Fearless And United-Guards FAU-G. Besides entertainment, players will also learn about the sacrifices of our soldiers. 20% of the net revenue generated will be donated to @BharatKeVeer Trust #FAUG pic.twitter.com/Q1HLFB5hPt
— Akshay Kumar (@akshaykumar) September 4, 2020
-एजेन्सीकाे सहयाेगमा
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
