close

टिकटकसँग साझेदारी भएसँगै सुबिसुको इन्टरनेट समस्या समाधान

टेकपाना टेकपाना

भदौ २२, २०७७ ९:२४

टिकटकसँग साझेदारी भएसँगै सुबिसुको इन्टरनेट समस्या समाधान

काठमाडौं । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले टिकटक र अकामाईसँगको सहकार्यमा ब्याण्डविथ सम्बन्धी समस्या समाधान गरिएको जनाएको छ ।

टिकटकले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै कन्टेन्ट डेलिभरी प्रोटोकल परिवर्तन गरेपछि इन्टरनेटको अन्तर्राष्ट्रिय नेटवर्कमै समस्या सिर्जना भएको थियो ।

जसले गर्दा अकामाईको लोकल सर्भरमा क्यास बस्न नसक्ने अवस्था उत्पन्न भएपछि नेपालको समग्र इन्टरनेट स्पीड नै बिग्रेको थियो । टिकटकले कुल अन्तर्राष्ट्रिय ब्याण्डविथको २५ प्रतिशतभन्दा बढि ब्याण्डविथ खपत गरिदिँदा सेवाप्रदायकहरुको टाउको दुखेको थियो ।

इन्टरनेटमा समस्या सिजर्ना भएपछि गत हप्ता सुबिसुले टिकटकसँग सहकार्य गरेर चाँडै यसको समाधान गर्ने बताएको थियो । खास गरी इन्टरनेट प्रयोगकर्ताले पिक आवरमा इन्टरनेट स्पीडको समस्या झेल्दै आएका थिए ।

‘केही हप्ताअघि भइरहेको ब्यान्डविथ इस्यकोु समाधान भएसँगै ग्राहकले अब राम्रो इन्टरनेट सर्भिसको अनुभव गर्न पाउनु हुनेछ,’ सुबिसुले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०