close

यसरी हेर्नुहोस् एप्पलको अनलाइन इभेन्ट

टेकपाना टेकपाना

भदौ २७, २०७७ १७:५९

यसरी हेर्नुहोस् एप्पलको अनलाइन इभेन्ट

काठमाडौं । एप्पलले यही सेप्टेम्बर १५ अर्थात् भदौ ३० गते मंगलबार अनलाइन इभेन्ट गर्दैछ । हरेक वर्षको सेप्टेम्बर महिनामा नयाँ प्रडक्ट लञ्च गर्दै आएको एप्पलले यसपटक कुन कुन प्रडक्ट ल्याउँदै छ भन्नेबारेमा प्रविधिप्रेमीको चासो बढिरहेको छ ।

एप्पलले आईफोन ट्वेल्भको घोषणा गर्ने नगर्नेबारे केही जानकारी खुलाएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस पटकको एप्पलको सेप्टेम्बर इभेन्ट आईफोनमा नभई आईप्याड र वाचमा लक्षित हुनेछ । आईफोन ट्वेल्भ अर्काे महिना अक्टुबरमा सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

आईफोनले एप्पलको ख्याति बढाएको भएपनि पछिल्लो समय वाच मार्केटमा एप्पलको आधिपत्य बढ्दै छ । यो इभेन्टमा एप्पल वाच सिरिज सिक्स र आईप्याडका नयाँ एडिसनहरु सार्वजनिक हुने लगभग निश्चित जस्तै छ ।

साथमा एप्पलले आईफोन, वाच र टिभीका नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्न सक्नेछ ।

एप्पलको सेप्टेम्बर इभेन्ट कसरी हेर्ने ?

एप्पलले आफ्नो इभेन्ट प्राय: यसको आफ्नै इभेन्ट्स वेबपेजमा प्रसारण गर्दछ । साथै एप्पल इमेन्ट्स एपको सहायताले एप्पल टिभीमा पनि प्रत्यक्ष हेर्न मिल्छ । त्यस्तै एप्पलको अफिसियल युट्युब च्यानलबाट पनि इभेन्ट हेर्न सकिन्छ ।
एप्पल इभेन्ट्स वेबपेज
एप्पल इमेन्ट्स एप
एप्पलको युट्युब च्यानल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०