काठमाडौं । प्रविधिको दिग्गज कम्पनी एप्पल निकट भविष्यमै आफ्नो आईफोन ट्वेल्भ सार्वजनिक गर्ने तयारीमा छ । सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यसका विभिन्न फिचर तथा डिजाइन लिक हुने क्रम सुरु भएको छ ।
जसमा आईफोन ट्वेल्भको कभर केस समेत इन्टरनेबाट यस अघि नै बाहिर आइसकेको छ । अहिले फेरी पछिल्लो एक भिडियो चर्चामा छ । जसमार्फत आईफोन ट्वेल्भको ब्याक प्यानलको डिजाइन लिक भएको छ ।
यसबाट आईफोन ट्वेल्भको डिजाइन आईफोन इलाभेनको दाँजोमा कति फरक हुनेछ भन्ने कुरा स्पष्ट भएको छ । एभ्रिथिङएप्पलप्रो (EverythingApplePro) नामक ट्वीट ह्याण्डलबाट लिक गरिएको यो भिडियोमा ६.१ इञ्च आकारको आईफोन ट्वेल्भ प्रोको चेसिस देखिन्छ ।
Here it is! Official iPhone 12 Pro chassis leak. Confirms mostly same camera with new LiDAR placement, flat sides, magnet cutouts & smart connector-like 5G antenna? This seems to confirm the 6.1 Pro model will get LiDAR too. October can’t come soon enough. pic.twitter.com/YifSX7SWxh
साथै भिडियोबाट फोनको चारै छेउमा लेफ्ट साइड बेजल्स हुने निश्चित देखिन्छ । यसैगरी पछाडि भागमा तीन वटा क्यामेराको साथमा लिडार सेन्सरको प्लेसमेन्ट समेत स्पष्ट रुपमा देख्न सकिन्छ । फोनको डिजाइन धेरै हदसम्म आईफोन फोर तथा फाइभको जस्तै लाग्छ ।
फोनको पछाडितर्फ दिइएका तीन वटा क्यामेरा सेन्सरको प्लेसमेन्ट आईफोन इलाभेन मोडेलमा जस्तो देखिन्छ । यद्यपी यसमा एलईडी फ्ल्याश र लिडार सेन्सर छुट्टै रुपमा राखिएको छ । साथै यसमा वायरलेस चार्जिङ क्वाइलको स्पेस समेत देखिन्छ ।
यो फोनमा सिमकार्ड ट्रेको स्थान बदलेर दायाँ साइडमा राखिएको छ । लिकबाट लिडार सेन्सर आईफोन ट्वेल्भ प्रो र आईफोन प्रो म्याक्स दुवै मोडेलमा हुनसक्ने देखिन्छ ।
एउटाे अर्को लिकमार्फत आईफोन ट्वेल्भ सिरिजका फोनमा १२० हर्ज रिफ्रेश रेट भएको डस्प्ले हुने कुरा बाहिर आइसकेको छ । एप्पल ए १३ बायोनिक पर्फर्मेन्स रहने आगामी आईफोनमा आधारभूत भेरियन्टमा ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज हुने दाबी गरिएको छ ।
तीनै क्यामेरा समान १२ मेगापिक्सेलका रहनेछन् भने फोनमा ३२१० एमएएच क्षमताको ब्याट्री रहने बताइएको छ । नयाँ आईफोनको मोडेल यसै वर्षको अक्टुबरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।