close

इन्टरनेटमा ब्यान्डविथ भनेको के हो ? सरल रुपमा यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

असोज ५, २०७७ १२:३७

इन्टरनेटमा ब्यान्डविथ भनेको के हो ? सरल रुपमा यसरी बुझ्नुहोस्

काठमाडौं । तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने अहिलेसम्म धेरैपटक ब्याण्डविथ शब्द सुन्नु भएको होला । तर धेरैलाई यसको अर्थ थाहा नहुन सक्छ । आज हामी तपाईंलाई ब्याण्डविथको बारेमा विस्तृत रुपमा बुझाउने छौं । 

वास्तवमा ब्याण्डविथ भनेको एक सेकेण्डको समयभित्र एउटा प्वाइन्टदेखि अर्को कम्प्युटर नेटवर्क वा इन्टरनेट कनेक्सनमा अधिकतम डेटा ट्रान्समिट गर्नसक्ने वायर वा वायरलेस नेटवर्क कम्युनिकेसनको क्षमता हो ।

डेटा ट्रान्सफर रेटको क्षमता भनेकै ब्याण्डविथ हो । ब्याण्डविथलाई धेरैले नेटवर्क स्पिड भनेर पनि बुझ्ने गर्छन्, तर यो गलत बुझाई हो । 

एउटा डेटा कनेक्सनमा जति धेरै ब्याण्डविथ हुन्छ त्यति नै धेरै यसबाट डेटा लेनदेन हुन्छ । यसलाई एउटा पानीको पाइपसँग तुलना गर्न सकिन्छ । पाइप जति ठूलो भयो त्यति नै थोरै समयमा धेरै पानी त्यो पाइपबाट जान सक्छ । 

ब्याण्डविथले एउटा सामान्य सिद्दान्तमा काम गर्छ । कम्युनिकेसन लिंकको क्षमता जति धेरै भयो प्रति सेकेण्ड त्यति नै धेरै डेटा फ्लो हुन सक्छ । 

अन्त्यमा उपभोक्ताहरुले आफ्नो नेटवर्क कनेक्सन क्षमताको पैसा तिर्नुपर्छ । लिंकको क्षमता जति धेरै हुन्छ यो त्यति नै महंगो हुन्छ । 

ब्याण्डविथ भर्सेस स्पिड 

ब्याण्डविथ र स्पिडलाई पर्यायबाची शब्दको रुपमा प्रयोग गरिन्छ । तर यो गलत हो । यो गलत बुझाई इन्टरनेट सेवाप्रदायककै कारण प्रयोगकर्ताहरुमा बसेको छ । आइएसपीहरु आफै ब्याण्डविथको ठाउँमा स्पिड शब्द प्रयोग गरिरहेका हुन्छन् । वास्तवमा स्पिड भनेको डेटा सेन्ड हुने रेट हो भने ब्याण्डविथ भनेको त्यो स्पिडको क्षमता हो । 

उदाहरणका लागि स्पिडलाई पानी कतिको छिटो बग्छ त्यसले जनाउँछ भने ब्याण्डविथ भनेको पाइपको गोलाईको आकार हो । यो भ्रमपूर्ण धारणालाई हटाउन ब्याण्डविथ क्षमता वा नेटवर्क स्पिड शब्द प्रयोग गर्नुपर्छ । ब्याण्डविथ स्पिड शब्द गलत हो । 

ब्याण्डविथ किन महत्वपूर्ण छ ?

कुनै पनि घर वा व्यवसायिक केन्द्रका लागि दिइने ब्याण्डविथ क्षमताको सधै एउटा सीमितता हुन्छ । यसैकारण एउटै लोकेसनमा धेरैवटा डिभाइसहरुले त्यो ब्याण्डविथलाई बाँडेर लिनु पर्दछ । तपाईंलाई यदि धेरै स्पिड चाहिएको हो भने ब्याण्डविथ बढाउनु पर्छ । 

ब्याण्डविथ केमा मापन गरिन्छ ?

पहिले पहिले ब्याण्डविथलाई ‘बिट्स पर सेकेण्ड (बीपीएस) मा मापन गरिन्थ्यो  । आधुनिक नेटवर्क लिंकमा ब्याण्डविथको क्षमता धेरै हुन्छ । यसैकारण यो मिलियन अफ बिट्स पर सेकेण्ड अर्थात् मेगा बाइट्स पर सेकेण्ड एमबीपीएसमा मापन हुन्छ । यसबाहेक बिलियन्स बिट्स पर सेकेण्ड गिगाबिट्स पर सेकेण्ड जीबीपीएसमा पनि मापन हुन्छ । 

नेटवर्क पर्फमेन्सलाई असर गर्ने तत्वहरु 

नेटवर्क पर्फमेन्सलाई असर गर्ने एउटै करा भनेको नेटवर्क कनेक्सनको अधिकतम क्षमता अर्थात् ब्याण्डविथ । यदि ब्याण्डविथ कम भयो भने यसले नेटवर्कलाई बिगार्ने काम गर्छ । इन्ड टु इन्ड नेटवर्क मार्गमा धेरै नेटवर्क लिङ्कहरु हुन्छन् । हरेकमा फरक ब्याण्डविथ क्षमता हुन्छ ।  

नेपालले यस्ता ब्याण्डविथ भारत र चीनका विभिन्न नाकाबाट भित्र्याउने गर्छ । नेपालमा इन्टरनेट कसरी भित्रिन्छ भन्ने विषयमा टेकपानाको याे लेख पढेर तपाईंले ब्याण्डविथबारे थप थाहा पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०