close

गुगल मिटमा रुम विभाजन गर्न सकिने फिचर

टेकपाना टेकपाना

असोज २४, २०७७ १९:४०

गुगल मिटमा रुम विभाजन गर्न सकिने फिचर

काठमाडौं । गुगलको मिट भिडियो कन्फ्रेन्सिङ सेवामा रुम ब्रेकआउट (विभाजन) गर्न सकिने फिचर उपलब्ध भएको छ । गुगल ब्लग पोस्टका अनुसार यो फिचर सुरुवाती चरणमा जी स्वीटका शैक्षिक इन्टरप्राइज ग्राहकलाई उपलब्ध हुनेछ ।

यो फिचरको सहयोगमा शिक्षकहरुले आफ्नो कक्षालाई प्रोजेक्ट वा फोकस ग्रुप डिस्कसनका लागि ससाना समूहमा विभागजन गर्न सक्नेछन् । गुगलले प्रयोगकर्तालाई एउटा कललाई सय वटासम्म रुममा विभाजन गर्न दिनेछ ।

जब तपाईं कति वटा समूहमा रुमलाई विभाजन गर्ने भन्ने कुरा तय गर्नुहुन्छ, गुगलले र्‍याण्डम हिसावले कलमा जोडिएका मानिसहरुलाई विभिन्न रुपमा विभाजन गर्नेछ । यद्यपि मोडेरेटरले म्यानुअल्ली चाहेअनुसार कसैलाई रुममा थप्न सक्नेछन् ।

सँगसँगै मोडेरेटरले एक ग्रुपबाट अर्को ग्रुपमा जानबाट समेत रोक लगाउन सक्नेछन् । यदि तपाईं मिटको यस किसिमको ब्रेक आउट फिचर प्रयोग गर्न चाहनुहुन्छ तर तपाईं शैक्षिक इन्टरप्राइज ग्राहक हुनुहुन्न भने पनि तपाईंले चाँडै यो फिचर पाउनुहुनेछ ।

गुगलका अनुसार यो वर्ष समाप्त भएलगत्तै जी स्वीट र गुगल वर्कस्पेस एजुकेसनका लागि यो फिचर उपलब्ध हुनेछ । गुगल वर्कस्पेस गुगलले हालै तयार पारेको जी स्वीटको रिब्राण्डिङ हो ।

भिडियो कन्फ्रेन्सिङको प्रतिस्पर्धी प्लेटफर्म जुमले यस अघिदेखि नै आफ्ना सबै प्रयोगकर्तालाई रुम ब्रेकआउट फिचर उपलब्ध गराउँदै आएको छ । जसलाई कम्पनीले सन् २०१५ देखि प्रयोगमा ल्याएको थियो ।

यस अर्थमा जुमको फिचरलाई गुगलले पछ्याएको हो । यद्यपि जुम प्रयोगकर्ताले एउटा कललाई ५० वटा रुममा विभाजन गर्न सक्छन्, जुन गुगल मिटले अफर गरेभन्दा आधा मात्र हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४