close

अब शेड्युलमा राख्न सकिनेछ मोबाइल म्यासेज

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ २०:३१

अब शेड्युलमा राख्न सकिनेछ मोबाइल म्यासेज

काठमाडौं । जन्मदिनको शुभकामना दिनुपर्दा कतिपय युवायुवतीमा रातको १२ बजेसम्म कुरेरै बस्नुपर्ने वाध्यता हुन्छ । म्यासेज सेड्युलमा राखेर ठीक १२ बजे पठाउन मिल्ने हो भने कति सहज हुन्थ्यो होला ?

ठ्याक्कै यस्तै किसिमको समस्याको समाधान गुगलले पहिल्याएको छ । अब गुगल म्यासेजमार्फत प्रयोगकर्ताले आफुलाई आवश्यक पर्ने समयका लागि म्यासेल सेड्युलमा राखेर पठाउन सक्नेछन् ।

यसको अर्थ तपाईंलाई म्यासेज १२ बजेर राति पठाउनु छ भने तपाईंले त्यसअघि नै म्यासेज तयार पारेर १२ बजे स्वतः जाने गरी मिलाएर राख्न सक्नुहुनेछ । यो फिचर गुगलले हालैमात्र सार्वजनिक गरेको हो ।

हाल यो फिचर केही प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । जसका स्क्रिनसटहरु सार्वजनिक भएका छन् । गुगलले पनि केही समयमा यो फिचर उपलब्ध हुने जनाइसकेको छ ।

google messages text schedule android

यसको अर्थ अबको केही समयमा पश्चात यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध हुने अपेक्षा गरिएको छ । यदि तपाईंलाई यो फिचर उपलब्ध भइसकेको छ भने म्यासेज लेखीसकेपछि पठाउने समयमा ‘सेन्ड’ बटनमा केहीबेर थिचिराख्नुहोस् ।

त्यसरी केही सेकण्ड थिचिराख्दा त्यहाँ गुगलले तपाईंलाई सेड्युलका लागि केही प्रिसेट अप्सन दिनेछ । त्यसमा तपाईंले आफ्नो आवश्यकता अनुसार समय मिलाएर शेड्युलमा राख्न सक्नुहुनेछ ।

यसरी शेड्युल गरिएको म्यासेज तपाईंले तोकेको समयमा सम्बन्धित व्यक्तिलाई जानेछ । यो फिचरले जन्मदिनको शुभकामना व्यक्त गर्न मात्र नभएर कुनै निश्चित समयमा म्यासेज पठाउनुपर्ने भए बिर्सिनसक्ने चिन्तालाई समेत दुर गर्न सघाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०