close

१७ नोभेम्बरमा ‘ओप्पो ईन्नो डे’, कम्पनीको अग्रगामी सोच र सफलता प्रस्तुत गरिने

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ ११:३०

१७ नोभेम्बरमा ‘ओप्पो ईन्नो डे’, कम्पनीको अग्रगामी सोच र सफलता प्रस्तुत गरिने

काठमाडाैं । ओप्पोले आफ्नो वार्षिक ओप्पो ईन्नो डे आगामी नाेभेम्बर २७ मा चीनको शन्चनमा ‘लिप इन्टु द फ्युचर’ अवधारणाका साथ आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले इन्टरनेट अफ एक्स्पेरियन्सको यो युगमा ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ।

ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनीचनका साथै ओप्पोका उपाध्यक्ष तथा ओपो रिचर्स इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा कीनोट प्रस्तुति दिनेछन्।

कीनोट मार्फत दुवैले नयाँ युगका लागि कम्पनीका प्राविधिक याेजना र व्यापार दर्शनबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन्।

सन् २०१९ मा पहिलो पटक आयोजित ओप्पो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ।

पछिल्लो वर्ष ओप्पोले इन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो। यस वर्ष सो अवधारणालाई परिस्कृत गर्दै इन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओप्पोको उद्देश्य रहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०