close

पब्जी गेमपछि भारतीय बजारमा ‘कमब्याक’ गर्ने तयारीमा टिकटक

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ ९:१२

पब्जी गेमपछि भारतीय बजारमा ‘कमब्याक’ गर्ने तयारीमा टिकटक

काठमाडौं । विश्व बजारका चर्चित दुई मोबाइल एप पब्जी र टिकटक भारतमा भने प्रतिबन्धित छ । हालै दक्षिण कोरियाली कम्पनी पब्जी कर्पोशेनले भारतमा आफ्नो कमब्याक हुने घोषणा गरिसकेको छ ।

यसैबीच पब्जीपछि निकट भविष्यमै भारतमा टिकटकले पुन: आफ्नो बजार सुरू गर्ने अपेक्षा गरिएको छ । यसका लागि चिनियाँ एप टिकटकले भारतको केन्द्रीय सरकारसँग कुराकानी अघि बढाउने तयारीमा रहेको समाचार भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

टिकटक इण्डियाका प्रमुख निखिल गान्धीले भारतका टिकटक कर्मचारीहरूलाई ईमेल गरी चाँडै नै भारतमा टिकटक फिर्ता ल्याउने आशा व्यक्त गरेका छन् । उनले भारतकाे कानूनकाे पूर्ण परिपालना गर्दै टिकटक प्रतिबन्ध फुकुवा गर्न प्रयास भइरहेकाे उल्लेख गरेका छन् ।

यो चाखलाग्दो छ कि धेरै कर्मचारीहरू अझै पनि भारतमा टिकटकको मूल कम्पनी बाइटड्यान्स अन्तर्गत कार्यरत छन्। भारतमा टिकटक र हेलोका करीव २ हजार कर्मचारी छन् । टिकटकको प्रतिबन्धको बाबजुद कम्पनीले भारतमा कर्मचारी राख्नुले पनि कम्पनीले पुन: आफ्नो बजार सुचारू गर्न खाेजेकाे अनुमान गर्न सकिन्छ ।

पब्जी मोबाइल चिनियाँ कम्पनी बिना नै भारत आउने छ। तर टिकटकको बारेमा कस्तो प्रक्रिया अपनाइनेछ भन्नेमा हालसम्म अष्पस्ट छ । भारतमा टिकटकले हालसम्म चीनबाहिरको कम्पनीसँग् साझेदारी गर्ने विषयमा केही खुलाएको छैन ।

टिकटक इण्डियाका प्रमुखले आफूहरु स्थानीय कानून पूर्णे पालना गर्न प्रतिबद्धता रहेको जनाउँदै कम्पनीले डेटा सुरक्षा र गोपनीयतालाई मुख्य जोड दिने बताएका छन् । टिकटकले सरकारबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने आशा गरेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०