close

मोबाइलबाट कुनै एप डिलिट भइरहेको छैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १९:५५

मोबाइलबाट कुनै एप डिलिट भइरहेको छैन ? यसो गर्नुहोस्

काठमाडौं । कहिले काहिँ यस्तो हुन्छ कि कुनै खास काम विशेषका लागि अनेक एप डाउनलोड गरिरहनु पर्ने हुन्छ । तर के तपाईंले ख्याल गर्नु भएको छ, कुनै एप एकपटक मोबाइलमा डाउनलोड गरिसकेपछि हटाउन भने निकै मुस्किल हुने गर्दछ ।

यस्ता एपहरु तपाईंको इन्टरनल मेमोरीमा स्टोर भएर बस्दछन् । जसका कारण मोबाइलको स्पिड समेत स्लो भइदिन्छ ।

आज हामी तपाईंलाई त्यस्ता एप कसरी हटाउने भन्ने बारेमा बताउँदै छौं । कुनै खास प्रयोजन वा मनोरञ्जनका लागि कुनै एप डाउनलोड गर्नु सामान्य नै हो । तपाईं मात्र होइन, धेरैजसो प्रयोगकर्ताले मनोरञ्जनका लागि आफ्नो मोबाइलमा अनेक गेमिङ एप डाउनलोड गरिरहेका हुन्छन् ।

यस्ता एपको समस्या नै के छ भने यी निकै ठूला आकारका हुने गर्दछन् र इन्टरनल मेमोरीमा निकै धेरै स्पेस ओगटेर बस्दछन् । यदि तपाईंको मोबाइलको र्‍याम कम छ भने त यस्ता एपले मोबाइल नै ह्याङ गराउन थाल्दछन् ।

यतिमात्र होइन ह्याण्डसेटलाई नै निकै स्लो बनाइदिन्छन् । त्यसैले विज्ञहरुको सुझाव छ कि मोबाइलमा अनावश्यक एपहरु नराख्नुहोस्, छन् भने पनि डिलिट गर्नुहोस् ।

डिलिट नहुने एप हटाउने कसरी ?

यो ट्रिक अपनाउनका लागि तपाईंले सुरुमा आफ्नो स्मार्टफोनलाई रिबुट गर्नुपर्ने हुन्छ । त्यसपछि गुगल प्ले स्टोरमा जानुहोस् र सुपरुसर एप (superuser app) डाउनलोड गर्नुहोस् ।

अब उक्त एपलाई खोल्नुहोस् । एप खोल्ने वित्तिकै तपाईंले माथि सेटिङमा डिलिटको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाउनुहोस् ।

त्यसपछि एउटा नयाँ विण्डो खुल्नेछ । जसमा सिस्टम एप्लिकेसनको अप्सन देखा पर्नेछ । त्यसमा ट्याप गर्ने वित्तिकै तपाईंको स्मार्टफोनमा भएका सिस्टम एप देखिनेछन् ।

यहाँबाट तपाईं जुन एप हटाउन चाहनुहुन्छ त्यसलाई छनौट गरेर डिलिट गर्न सक्नुहुन्छ । यो प्रकृया पुरा गरिसकेपछि तपाईंलाई एउटा वार्निङ म्यासेज देखिनेछ, ‘रिमुभ सिस्टम एप मे कजेज सिस्टम इनस्टेबिलिटी एण्ड अदर प्रोब्लेम्स’ ।

अब तपाईंले त्यसमा रहेको एसमा थिच्नुपर्ने हुन्छ । यसरी तपाईंको स्मार्टफोनमा डिलिट नहुने सबै एप हटाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०