close

टेलिभिजन र मोबाइल एपमा हिन्दी चलचित्र लक्ष्मी रिलिज गर्दै नेटटिभी

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १८:२८

टेलिभिजन र मोबाइल एपमा हिन्दी चलचित्र लक्ष्मी रिलिज गर्दै नेटटिभी

काठमाडौं । काठमाडौं । आईपीटीभीको नेपालकै अग्रणी कम्पनी नेटटिभीमा बलिउड ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’ प्रशारण हुने भएको छ ।  नेटटिभीले आफ्नो सेट टप बक्स र मोबाइल एप दुवैमा यो चलचित्र हेर्ने व्यवस्था मिलाएको हो । 

नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एपमार्फत प्रदान गर्दै आएको छ । कम्पनीले पहिलो पटक यही नोभेम्बर १६ अर्थात साेमबारदेखि नेपालका दुवै प्लेटफर्ममार्फत ग्राहक समक्ष नयाँ चलचित्रत्र ल्याइएको हो । 

अक्षय कुमारको अभिनय रहेको यो चलचित्र दीपावलीकै सबैभन्दा ठूलो रिलीज हो । यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज हुने भएको हो । 

नेटटिभीको सदस्यता रहेका वर्ल्डलिंकका ग्राहकले यो चलचित्र रिलीज भएको पहिलो दिनमै आफ्नो नेटटिभी सेट–टप बक्स मार्फत हेर्न सक्नेछन् । साथै वर्ल्डलिङ्कको  ग्राहक नरहेकाहरुले नेटटिभी एप डाउनलोड गरी आफ्नो मोबाइलमा यो चलचित्र हेर्न सक्नेछन् । 

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएको अवस्थामा मनोरन्जनका विकल्प रहेको बताए ।

‘चलचित्र प्रेमीहरू निराश भइरहेको समयमा लक्ष्मी चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूले हेर्न सक्नेगरी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौं ।’

लक्ष्मी बलिउडको ठूलो बजेटको चलचित्र हो । कठिन महामारीको बाबजूद नेटटिभी सेट-टप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जनका कार्यक्रमहरु ल्याउने प्रयासमा कम्पनी रहेको उनले बताए ।

‘यसबाट सबै नेपालीहरुले सुरक्षित रुपमा आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन्,’ राजभण्डारीले भने, ‘सबै नेटटिभी ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि अनुरोध गर्दछु । साथै नेटटिभीले ग्राहकहरूको लागी विशेष तथा अनौंठो सुविधा सुरु गरेको छ । पहिला चलचित्र हेर्नुहोस र भुक्तानी पछि गर्नुहोस् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०