close

गुगल फोटोजबाट यसरी डाउनलोड गर्नुहोस् आफ्नो फोटो र भिडियो

टेकपाना टेकपाना

मंसिर १, २०७७ १४:३१

गुगल फोटोजबाट यसरी डाउनलोड गर्नुहोस् आफ्नो फोटो र भिडियो

काठमाडौं । गएको बुधबारमात्रै गुगलले गुगल फोटोजमा नीतिगत परिवर्तन गर्‍यो । यससँगै गुगल फोटोजमा हालसम्म उपलब्ध अनलिमिटेड स्टोरेज बन्द भएको छ ।

अब प्रयोगकर्ताले जिमेल, ड्राइभ र गुगल फोटोजका लागि जम्मा १५ जीबी स्टोरेजमात्रै प्राप्त गर्नेछन् । यस्तो हुँदा तपाईंले त्यसभन्दा बढी स्टोरेजका लागि शुल्क बुझाउनु पर्नेछ ।

तर, यदी तपाईं उक्त शुल्क तिर्न चाहनुहुन्न र गुगलमा भएको फोटो तथा भिडियोलाई अन्य कुनै डिभाइसमा राख्न चाहनुहुन्छ भने के गर्ने ? त्यसका लागि तपाईंले गुगल टेकआउट साइट भिजिट गर्नु पर्नेहुन्छ ।

गुगल टेकआउट के हो ?

गुगल टेकआउट यस्तो सेवा हो, जहाँबाट गुगल प्रयोगकर्ताले आफूले राखेको डेटा डाउनलोड गर्न सक्छन् । यहाँबाट एकैपटक तपाईंले आफ्नो सम्पूर्ण डेटा डाउनलोड गर्न सक्नुहुनेछ ।

जसमा तपाईंले सेभ गर्नु भएका कन्ट्याक्ट नम्बर, गुगल ड्राइभमा रहेका फाइल, तपाईंले हेरेका युट्युव भिडियोको डेटा लगायत गुगलसँग सम्बन्धित सम्पूर्ण डेटा डाउनलोड गर्न सक्नुहुनेछ ।

गुगल टेकआउटको बारेमा जानकारी लिएसँगै अब त्यहाँबाट फोटा तथा भिडियो कसरी डाउनलोड गर्ने भन्ने जानकारी यहाँ हामी तपाईंलाइ दिँदै छौं । यो विषय सुरु गर्नुअघि कुन गुगल अकाउण्टमा रहेको डेटा डाउनलोड गर्ने हो त्यो अकाउण्ट लगइन हुन आवश्यक छ ।

गुगल अकाउण्ट लगइन भएको खण्डमा अब तपाईं गुगल टेकआउट वेबसाइटमा जानुहोस् ।

जब उक्त वेबसाइटमा जानुहुन्छ, तब सुरुमा दायाँपट्टी छेउमा रहेको ‘डिसेलेक्ट अल’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

‘डिसेलेक्ट अल’ गरेसँगै स्क्रोल गर्दै तल जानुहोस र ‘गुगल फोटोज’ सेलेक्ट गरी ‘नेक्स्ट’ मा क्लिक गर्नुहोस् ।

नेक्स्टमा क्लिक गरेसँगै त्यहाँ तपाईंले केही तल ‘फ्रिक्वेन्सी’ भन्ने अप्सन प्राप्त गर्नुहुनेछ । त्यसभित्र तपाईंले ‘एक्स्पोर्ट वान्स’ अर्थात एक पटक डाउनलोड गर्नुहोस् र ‘एक्सपोर्ट एभ्री टु मन्थ फर ए इएर’ अर्थात वर्षभर हेरक दुई महिनामा फोटो एक्सपोर्ट गर्नुहोस् भन्ने अप्सन देख्नुहुनेछ । त्यसमध्ये आफूलाई उपयुक्त अप्सनमा क्लिक गर्नुहोस् ।

त्यससँगै ‘फाइल टाइप एण्ड साइज’ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा तपाईंले ‘जिप’, ‘टीजीजेड’ मध्ये कुन फाइलमा तपाईंको डेटा डाउनलोड गर्ने हो छनौट गर्नुहोस् ।

त्यसपश्चात तपाईंलाई गुगलले डेटा कति साइजमा डाउनलोड गर्ने हो भनेर अप्सन दिनेछ । जसमा तपाईंले बढीमा ५० जीबीसम्म डाउनलोड गर्न सक्नुहुनेछ ।

यति छनौट गरेसँगै त्यहाँ रहेको ‘क्रियट एक्सपोर्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंको जिमेलमा गुगलले भेरिफिकेसनका लागि एउटा ईमले पठाउने छ ।

उक्त इमेल खोली तपाईंले त्यहाँ दिइएको लिंकमा क्लिक गरी डेटा एक्सपोर्ट गर्न सक्नुहुनेछ ।एक्सपोर्ट गर्दा तपाईंले उक्त डेटा गुगल ड्राइभ, ड्रपबक्स, वानड्राइभ अथवा बक्स कुनैमा पनि राख्न सक्नुहुनेछ ।

तर, जब उक्त प्रक्रिया सुरु हुनेछ, सकिनका लागि केही घण्टा अथवा केही दिन नै लाग्न पनि सक्छ ।समय कति लाग्छ भन्ने विषय तपाईंको डेटा कति छ भन्ने कुराले पनि फरक पार्छ ।

जब डेटा एक्सपोर्ट भइसक्छ, गुगलले तपाईंलाई डेटा डाउनलोडका लागि तयार भयो भनेर ईमेल पठाउनेछ । उक्त ईमलेबाट तपाईंले आफ्नो फोटा तथा भिडियो डाउनलोड गरेर राख्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०