close

जिमेलमा गुगल मिटको इन्टिग्रेसन मन परेको छैन ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

मंसिर २, २०७७ १२:५२

जिमेलमा गुगल मिटको इन्टिग्रेसन मन परेको छैन ? यसरी हटाउनुहोस्

काठमाडौं । जब तपाईं ईमेल पठाउन खोज्नुहुन्छ झुक्किएर गुगल मिट लोड भइदिन्छ । जिमेलमा मिटले स्क्रिनको केही भाग ओगटेर बस्नु धेरैका लागि बिना अर्थको कुरा हो ।

मिट ट्याब आउन अघिसम्म जिमेलको मोबाइल एपमा त्यो भाग खाली रहने गर्दथ्यो र तपाईंले धेरै ईमेल एकै ठाउँमा हेर्न सक्नुहुन्थ्यो । जब तपाईंलाई दिनभर त्यो फिचर प्रयोग गर्नु नै छैन दिनभर त्यसलाई हेरेर बस्नुको अर्थ नै हुँदैन ।

खुशीको कुरा के छ भने यदि तपाईंलाई पनि जिमेलमा गुगल मिटको इन्टिग्रेसनले बोझिलो महसुस गराइरहेको छ भने त्यसलाई हटाउन सकिने विकल्प पनि छ । आज हामी तपाईंलाई गुगल मिटलाई जिमेलबाट कसरी हटाउने भन्ने बारेमा बताउँदै छौं ।

मोबाइलमा

  • सुरुमा आफ्नो मोबाइलमा जिमेल एप खोल्नुहोस् र माथि बायाँतर्फ रहेको तीन वटा धर्सायुक्त मेनु बारमा प्रवेश गर्नुहोस् ।
  • तलतर्फ स्क्रोल गर्नुहोस् र अन्तिममा रहेको सेटिङमा ट्याप गर्नुहोस् ।
  • अब कुन जिमेल अकाउन्टबाट मिटको इन्टिग्रेसन हटाउन चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् ।
  • फेरी तल स्क्रोल गर्नुहोस्, त्यसमा तपाईंले मिटको छुट्टै खण्ड फेला पार्नुहुनेछ ।
  • त्यसमा रहेको ‘शो दि मिट ट्याब फर भिडियो कलिङ’ को पछाडिपट्टीको टिकलाई अनचेक गरिदिनुहोस् । यति भएपछि अब तपाईंको जिमेल एपमा गुगल मिट देखिने छैन ।

डेक्सटपमा के गर्ने ?

डेक्सटपमा मोबाइलको तुलनामा यसले थोरै मात्र दिक्क बनाएको हुन्छ । यसले तपाईंको बायाँतर्फको प्यानलमा रहेको इनबक्स, ड्राफ्ट र ट्र्याश मेनु मुनीको केही इन्च स्थान मात्र ओगटेको हुन्छ । आखि जे भए पनि त्यसलाई हटाउनै चाहनुहुन्छ भने त्यसको विकल्प पनि छ ।

  • यसका लागि सुरुमा ब्राउजरमा जिमेल अकाउन्ट खोल्नुहोस् र माथि दायाँतर्फ रहेको सेटिङ आइकनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ तपाईंले नयाँ ‘क्विक सेटिङ्स’ मेनु देख्नुहुनेछ, त्यसको ठिक मुनी रहेको ‘सि अल सेटिङ’ मा जानुहोस् ।
  • अब सेटिङ इन्टरफेसको शिरानीमा पछाडिपट्टी देखिएको ‘च्याट एण्ड मिट’ ट्याब खोल्नुहोस् ।
  • त्यहाँ रहेको ‘हाइड दि मिट सेक्सन इन दि मेन मेनु’ को अप्सन छनौट गर्नुहोस् र सेभ चेञ्जेजमा टिक लगाउनुहोस् ।
  • मिटको कुरा गर्दै गर्दा तपाईंलाई ह्याङ्गआउटलाई समेत बन्द गरेर राख्न सुझाव दिन्छौं । यो चाँडै बन्द हुँदैछ । यद्यपी अघि मिटको इन्टिग्रेसन हटाउने स्थानको केही माथिबाट ह्याङ्गआउटलाई तत्कालै बन्द गर्न पनि सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०